May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको निर्वाचित कार्यसमितिको सपथ ग्रहण आज हुँदै

एनआरएनए यूकेको निर्वाचित कार्यसमितिको सपथ ग्रहण आज हुँदै

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको नवनिर्वाचित कार्यसमितिको सापथ ग्रहण कार्यक्रम आइताबार हुने भएको छ । अल्डरसटमा एक कार्यक्रमबीच नेपाली राजदूतको विशेष उपस्थितिमा सपथ कार्यक्रम हुन लागेको हो ।


नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरले एक सूचना जारी गर्दै अल्डरसटस्थित एम्पायर हलमा बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको उपस्थितिमा नवनिर्वाचित पदाधिकारी सदस्यहरूको सपथ ग्रहण कार्यक्रम हुन लागेको जनाए । कार्यक्रममा राष्ट्रिय समन्वय परिषद(एनसीसी) र राज्य समन्वय परिष्द(एससीसी) का निर्वाचित कार्यसमिति सहभागी हुँदैछन् ।

Advertisement

एनआरएनए यूकेको गत सोमबार र मंगलबार सन् २०२१ –२३ कार्यकालका लागि मतदान कार्य सम्पन्न भएको थियो । जसको परिणाम शुक्रबार मध्यरातमा घोषणा भएको थियो । चुनवाी नतिजाअनुसार यूकेमा गाहा मगर नेतृत्वको पूरै समूह भारी मतले विजय भएको थियो ।