May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
भ्वाइस अफ नेपाल ३ को उपाधि किरण गजमेरलाई

भ्वाइस अफ नेपाल ३ को उपाधि किरण गजमेरलाई

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन् । शनिवार मध्यराति गजमेरलाई विजेता घोषणा गरिएको हो ।

जनताले दिएको मतको आधारमा विजेता भएका हुन् । भ्वाइस अफ नेपाल–३ को ग्राण्ड फाइनलमा उपाधि विजेतालाई ट्रफी तथा पुरस्कार प्रदान गरिएको छ ।

Advertisement

उपाधि विजेताले २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

यो प्रतियोगितामा दीप श्रेष्ठको टीमबाट प्रतिनिधित्व गर्दै आर्यन तामाङ, राजु लामाको टीमबाट प्रतिनिधित्व गर्दै तारा श्रीसमगर, प्रमोद खरेलको टीमबाट प्रतिनिधित्व गर्दै किरण गजमेर र तृष्णा गुरुङको टीमबाट प्रतिनिधित्व गर्दै ज्वाला राई फाइनलमा पुगेका थिए ।

फाइनालिष्टको उपाधि ज्वाला राई, आर्यान तामाङ र तारा श्रीसमगर पाएका छन् ।