May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको नयाँ कार्यसमितिले लियो सपथ

एनआरएनए यूकेको नयाँ कार्यसमितिले लियो सपथ

अल्डरसट । गैरआवासीय नेपाली संघ(एनआरएनए) यूकेको नवनिर्वाचित कार्यसमितिको पद तथा गोपनीयताको सपथ लिएको छ । आइतबार अल्डरसटमा भएको कार्यक्रममा अध्यक्ष प्रेम गाहा मगरसहितको समूहले सपथ लिएको हो ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको उपस्थितिमा प्रमुख निर्वाचन आयुक्त महेन्द्र कँडेलले नयाँ कार्य समितिलाई सपथ खुवाएका थिए । गत अगष्ट २ तारिखमा दशौँ अधिवेशनपश्चात् मतदान कार्यक्रम सम्पन्न भएको थियो । बिहीबार मतपरिणाम निकाल्ने तालिका भएपनि पनि मतादाताहरूको संख्याको प्रमाणीकरणबारे विवाद भएपछि शुक्रबार मध्यरातमा मात्रै मतपरिणाम सार्वजनिक भएको थियो । अध्यक्ष गाहा मगरले ४,५७४ मत ल्याएर विजयी भएका थिए । उनका निकटतमा प्रतिद्वन्द्वीहरू दीपक श्रेष्ठले २,१९१ र रोजिन प्रधानले २,१४८ मत ल्याएका थिए ।
सपथ कार्यक्रमलाई सम्बोधन गर्दै राजदूतले नयाँ समितिसँग सहकार्य गरेर काम गर्न दूतावास तयार रहेको बताए । उनले बेलायतमा रहेका नेपालीहरूको साझा मुद्दामा एनआरएनएले महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरे ।

Advertisement

नवनिर्वाचित अध्यक्ष प्रेम गाहा मगरले चुनावी अभियानका दौरानमा व्यक्त गरिएका प्रतिबद्धताहरूको कार्यान्वयनमा आफू इमानदारीपूर्वक काम गर्ने कुरा दोहो¥याए । आइतबार नै निवर्तमान अध्यक्ष पुनम गुरूङसहितको समितिले नयाँ समितिलाई जिम्मेवारी हस्तान्तरण समेत गरेको छ । सपथमा यूके राष्ट्रिय समन्वय परिषद र चारै राज्य समन्वय परिषदमा निर्वाचित पदाधिकारी, सदस्य र अन्तर्राष्ट्रिय समन्वय परिषदमा निर्वाचित सदस्यहरू सहभागी भएका थिए ।