May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्याङ्जाली समाजबाट नेफिन अध्यक्ष शेर्पालाई सम्मान

स्याङ्जाली समाजबाट नेफिन अध्यक्ष शेर्पालाई सम्मान

लन्डन । नेपाल आदिवासी जनजाति महासङ्घ(नेफिन), यूकेका नवनिर्वाचित अध्यक्ष कर्मा पहाडी शेर्पालाई स्याङ्जा जिल्ला समाजले सम्मान गरेको छ । विश्व आदिवासी दिवसको पूर्वसन्ध्यामा समाजले अध्यक्ष शेर्पालाई बधाईसहित सम्मान गरेको हो ।

आइतबार अल्डरसटमा समाजका अध्यक्ष सारदा गुरूङले दोसल्ला शेर्पालाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा प्रतिष्ठित समाजसेवी डेविड गुरूङ समेत उपस्थित थिए । उनले बेलायतमा दूतावासको प्राङ्गणमा सालिन्दा आदिवासी दिवसको कार्यक्रम गरिनुपर्ने विचार राखेका थिए ।

Advertisement

नेफिन यूके अध्यक्ष शेर्पाले स्याङ्जाली समाजप्रति आभार प्रकट गर्दै आफ्नो कार्यकालभरि भूपू गोरखा सैनिकको मुद्दा, आदिवासी पहिचानको संरक्षण, नागरिकता निरन्तरता लगायतका सवालमा कटिबद्ध भएर काम गर्ने प्रतिक्रिया दिए ।