April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बिकिनिजम….

बिकिनिजम….

कम्युनिजम

Advertisement

सोस्योलिजम जस्तै

अरुअरु इजमको भिड

भर्खरै आएको छ

बिकिनिजम।

बिकिनिजम

कुनै समुद्रको तटमा

बिकिनि पोज दिनेहरूले प्रतिपादन गरेको सिद्धान्त होईन।

न त कामुख नजरहरूको रेल रोक्ने स्टेसन नै हो।

बिकिनिजममा “नग्नता” छ

तर नाङ्गो हुनकोलागि आवहान छैनन

त छाती र गुप्ताङ्ग छोप्ने कान्छोकान्छी कपडाको टेन्डर आवहाननै गरेको छ।

जिब्रोबाट खोसेर लगेपछि भाषाको आवरण

जिब्रो नाङ्गो भयो

पैँतालाबाट खोसेर लगेपछि चालहरूको मौलिकता

पैँताला नाङ्गो भयो

शरीरबाट खोसेर लगेपछि पहिरनको स्वाभिमान

शरीर नाङ्गो भयो

र नाङ्गो भयो

एउटा अस्तित्व,

एउटा सभ्यता ।

नाङ्गो हुनु भनेको गुप्ताङ्ग नछोपिनु मात्रै होइन ।

सत्ताले नङ्ग्याएको

त्यही नाङ्गो अस्तित्व

त्यही नाङ्गो सभ्यता

उभिरहेको छ बीचमा

र यो बीच समुद्रको होईन

तातो सडकको हो।

जहाँ प्रतिबिम्बित भैरहेको छ

एउटा लठुवा सत्ता।

नाङ्गो देखिए पनि कम्जोर नसम्झिएस्, लठुवा सत्ता

किनकी बिकिनिजम समयले जन्माएको प्रश्न हो,

र प्रश्न कहिल्यै कम्जोर हुँदैन।