May 11, 2024, Saturday
२०८१ बैशाख २९, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
कुलमान घिसिङ विद्युत प्राधिकरणमा नियुक्त

कुलमान घिसिङ विद्युत प्राधिकरणमा नियुक्त

काठमाडौं । सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । तर, अहिलेसम्म सो निर्णय गोप्य राखिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो । सो निर्णय गोप्य नै राख्नुको कारण अहिलेसम्म बहाल रहेका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको व्यवस्थापन रहेको स्रोतको भनाइ छ ।

Advertisement

उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुसालले मन्त्रिपरिषद पेश गरेको प्रस्ताव अनुसार घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्ति गरिएको स्रोतको भनाइ छ । प्राधिकरणका कार्यकारी निर्देशक शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको स्रोतले बताएको छ । कार्यकारी निर्देशकले पाउने सेवा सुविधान नै दिने गरी शाक्यलाई सरुवा गरिएको बताइएको छ ।