May 14, 2024, Tuesday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गायिका सीता सिङ्गकको विश्वास सार्वजनिक

गायिका सीता सिङ्गकको विश्वास सार्वजनिक

काठमाडौँ । फेदापहाङ्मा उपनामले लोकप्रिय गायिका सीता सिङ्गकको एकल गीत ‘विश्वास’ सार्वजनिक भएको छ । श्रोताहरूो लामो समयको प्रतीक्षाको अन्त्य गराउँदै पूर्वेली तेह्रथुमकी गायिका सिङ्गकले बुधबार आफ्नै युट्यूब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् ।

आधुनिक लयमा सिर्जित गीतको रचना गीतकार लीला सिङ्गक लेखेकी हुन् । सङ्गीत एकान्त आङ्देम्बेले दिएका छन् । प्रेमिल जोडीहरूमा हुने आपसी विश्वासले दिने आत्मीयता र अविश्वासले ल्याउज सक्ने अविश्वासका कुरा प्रतिविम्बित भएको गीतको म्युजिक भिडियो हाङ चेम्जोङले निर्देशन गरेका हुन् । गीतमा उनी आफैँले अभिनय गरेकी छिन् । ए वन स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज राजु कार्की, मिक्सिङ र मास्टरिङ किशोर थापाले गरेका छन् । त्यस्तै, मेकअप आर्टिस्टमा वनेम मिङ्सारा र प्रकाशमा सञ्जोग र धिरेनले साथ दिएका छन् ।

Advertisement

गायिका सीता सिङ्गक ।

सिङ्गकले विशेषगरी याक्थुङ लिम्बु भाषामा पाःलाम, हाक्पारे, ख्याली गीत गाउनुका साथै दर्जनौँ बढी आधुनिक, लोक, पप र केही चलचित्रका लागि समेत आवाज दिइसकेकी छिन् । उनी पछिल्लो समय काठमाडौँ रहेर राजधानी लगायत देश विदेशका विभिन्न साङ्गीतिक कार्यक्रमहरूमा सहभागी भइसकेकी छिन् ।