April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सत्याग्रहको आन्दोलनमा निरौला नेतृत्वको पत्रकार महासङ्घको ऐक्यबद्धता

सत्याग्रहको आन्दोलनमा निरौला नेतृत्वको पत्रकार महासङ्घको ऐक्यबद्धता

लन्डन । गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको जारी आन्दोलनमा विपीन निरौला नेतृत्वको नेपाल पत्रकार महासंघ, यूकेले ऐक्यबद्धता जाहेर गरेको छ । महासंघले अनसनकारीमाथि भएको प्रहरी हस्तक्षेपाको समेत विरोध गरेको छ ।

महासंघको प्रेस विज्ञप्ति ।

‘सबैखाले भेदभाव र असमानताको विरुद्ध भूतपूर्व गोर्खाहरूले आमरण अनसन बसेको स्थलमा बेलायती प्रहरीले मंगलबारबिना पूर्व सूचना गरेको हस्तक्षेप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘२०७ वर्षसम्म गोर्खा सैनिकहरूले ब्रिटेनप्रति गरेको वफादारिता र त्यागको खिल्ली उडाएको हाम्रो ठहर छ ।’ बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै महासंघले नेपाल सरकार र बेलायत सरकारबीच तत्काल कूटनीतिक वार्ता हुनुपर्ने पनि धारणा अगाडि सारेको छ । विज्ञप्तिमा अध्यक्ष निरौला र महासचिव कर्मा पहाडी शेर्पाको हस्ताक्षर रहेको छ । यूकेमा ध्रुव अर्याल र निरौला नेतृत्वको दुई छुट्टा छुट्टै महासंघहरू अस्तित्वमा छन् । अर्याल नेतृत्व महासंघले गत मंगलबारका दिन घटना भएलगत्तै स्थलगत रूपमै भेटेर आन्दोलनप्रति ऐक्यबद्धता जनाइसकेका छन् ।

Advertisement

न्याया र समानताको आन्दोलन भन्दै १३ सूत्रीय मागहरू राखेर सत्याग्रहका अभियन्ताहरू ज्ञानराज राई, धन गुरूङ र पुष्पा राना घले गत अगष्ट ७ तारिखदेखि आमरण अनसनमा छन् । यसअघि, समितिले १७ दिने रिले अनसन गरिसकेको छ ।