May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आईसीसी उपाध्यक्षमा थर्क सेनद्वारा उम्मेदवारीको घोषणा

आईसीसी उपाध्यक्षमा थर्क सेनद्वारा उम्मेदवारीको घोषणा

काठमाडौँ । गैर आवासीय नेपाली संघ एनआरएनए को आसन्न नवौं महाधिवेशनमा रोड सेप्टी कमिटीका संयोजक थर्क सेनले आईसीसी उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् ।

पूर्व ब्रिटिस आर्मी सेन नेपालमा बढ्दो दुर्घटना रोक्न सरकारलाका हरेक निकायलाई विदेशी प्रविधि र अनुभवहरु शेयर गर्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका सेनले एनआरएनए यूकेको संस्थापक कार्यसमिति सदस्य, कोषाध्यक्ष, उपाध्यक्ष, आईसीसी सदस्य हुँदै हाल एनआरएनए रोड सेप्टी कमिटीको संयोजक साथै एनआरएनए एकेडेमीको सदस्य समेत हुन ।

Advertisement

सेनले रोड सेप्टीका हरेक एजेण्डाहरु दुई बर्ष देखि नेपालका गुहमत्री, यातायात मन्त्री, प्रराष्ट मन्त्री हुँदै प्रहरी प्रम्रख, ट्राफिक हेडक्वाटर लगायतका सरकारी निकायसंग सडक सुरक्षाका लागि विदेशी प्रस्ताव ल्याउँदै नेपालमा दुर्घटना न्यूनीकरणको क्षेत्रमा पहल गर्दै आएका छन ।

सेन भन्छन्- ‘कुरा कम गरेर बढी परिणाममुलक काम गर्नु नै मेरो प्रथम उद्देश्य हुनेछ ।’

विगत लामो समय देखि संस्थाको गतिविधिमा सक्रिय भूमीका खेल्दै आएका सेन सधैं आफ्नो कर्मलाई महत्वका साथ लिएर लागि पर्छन ।