April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पत्रकारहरू सम्मान गर्दै फोनिजले मनायो स्थापना दिवस

पत्रकारहरू सम्मान गर्दै फोनिजले मनायो स्थापना दिवस

काठमाडौँ । आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)ले विभिन्न पत्रकार र सञ्चारमाध्यमहरूलाई सम्मान गर्दै आफ्नो २२औं स्थापना दिवस मनाएको छ । स्थापना दिवासका अवसर पारेर फोनिजले १० जना पत्रकार र दुई मातृभाषी पत्रिकाहरूलाई सम्मान गरेको छ ।

फोनिज अवार्डबाट सम्मानित हुनेहरूमा २०७७ सालका लागि गोरखापत्र दैनिकका आङ दावा शेर्पा (काठमाडौं), जलजला एफएमका मौसम रोका मगर (रोल्पा), इण्डिजिनियस टेलिभिजनका कुमार यात्रु (काठमाडौं), स्वतन्त्र पत्रकार राजकुमार दिक्पाल (पोर्चुगल) छन् । त्यस्तै, २०७८ का लागि स्वतन्त्र पत्रकार तिलक पुन (कास्की), रेडियो नेपालकी रचना श्रेष्ठ (काठमाडौं), नेपाल टेलिभिजनका इन्द्रजीत मुखिया (झापा), झिल्को डट कमका भवानी बराल (काठमाडौं) छन् । पुरस्कार राशी २० हजार रूपैयाँ रहेको छ ।

Advertisement

सम्मानितमध्येका एक वरिष्ठ पत्रकार भवानी बराल ।


त्यसैगरी, फोनिज मातृभाषा पत्रकारिता सम्मान २०७८ थारू भाषाको पत्रिका पहुरा दैनिक (धनगढी¬, र याक्थुङ(लिम्बु) भाषाको मासिक पत्रिकाा तन्छोप्पा मासिक (काठमाडौं)ले संयुक्त रूपमा प्राप्त गरेका छन् । यस सम्मानको राशी २० हजार रूपैयाँ रहेको छ ।

यस्तै, फोनिज युकेले स्थापना गरेको पत्रकारिता सम्मान २०२० हिमालखबर डट कमका सन्त गाहा मगर (काठमाडौं) र नयाँ पत्रिका दैनिकका टेकराज थामी (काठमाडौं) ले प्राप्त गरेको फोनिज सचिव मिलन लिम्बुले सिलौटी टाइम्सलाई जानकारी दिए । सम्मानको राशी २५ हजार रूपैयाँ रहेको छ । फोनिज अध्यक्ष डण्ड गुरूङको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरूङले पुरस्कृत र सम्मानित सञ्चारकर्मीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्ट, फोनिज सल्लाहकार खिम घले लगायत उपस्थित थिए ।

फोनिजको लोगो ।

फोनिजको स्थापना सन् १९९९ अगष्टमा भएको थियो । हाल यसको शाखा ४६ जिल्लामा विस्तार भएको छ । विदेशमा यूके, जापान, दक्षिण कोरिया र हङकङमा समेत सक्रिय छ । यसमा गुरूङ, लिम्बु, राई, मगर, नेवार, शेर्पा, तामाङ र थारू गरेर आठ जातीय पत्रकार संघहरू आबद्ध छन् ।