April 23, 2026, Thursday
२०८३ बैशाख १०, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गोरखा सत्याग्रहका पक्षमा दुई दिने प्रदर्शनी चर्कदैँ

गोरखा सत्याग्रहका पक्षमा दुई दिने प्रदर्शनी चर्कदैँ

लन्डन । बेलायती समकक्षीसरह समान पेन्सन र अन्य सुविधासहित १३ सूत्रीय मागहरू राखेर आन्दोलित भएको गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिले दुई दिन बृहत प्रर्दशन गर्ने भएको छ । आन्दोलनलाई उत्कर्षमा पु¥याउन शनिबार र आइतबार बेलायती प्रधानमन्त्री कार्यालयअगाडि अवकाशप्राप्त सैनिक र नागरिकहरूको विरोध प्रदर्शन हुन लागेको हो ।

जारी आमरण अनसनको आठौँ दिन गोरखा सैनिकहरूो आन्दोलनमा ऐक्यबद्धता जनाउन ब्रिटिस भेट्रान एसोसिएसनले १० डाउनिङ स्ट्रिटमा बिहान ११ बजे बृहत ¥याली निकाल्दैछ । यसका लागि समितिका संयोजक कृष्ण बहादुर राईले बेलायतमा रहेका सबै संघसंस्था र व्यक्तिहरूलाई उपस्थित हुन आह्वान गरेका छन् । जारी अनसनमा भेट्रानआबद्ध पूर्व सैनिकहरूले सक्रियतापूर्वक सहयोग गरिरहेका छन् ।

Advertisement

विरोध प्रदर्शनको एक पोष्टर ।

डा. सङ्ग्रौला पनि अनसन बस्ने

त्यस्तै, आइतबारका दिन भूपू सैनिकहरूको मागलाई समर्थन गर्दै बेलायतमा रहेका नागरिक समाजहरूको तर्फबाट दिउँसो १२ बजेदेखि २ बजेसम्म बृहत प्रर्दशनी पनि हुँदैछ । सोही दिन गोरखा सैनिकहरूको हकहित र अधिकारका भएको संघर्ष मानवतावादी आन्दोलन रहेको भन्दै प्रा.डा. युवराज सङ्ग्रौलाले नेपालमा अनसन प्रारम्भ गर्ने घोषणा गरेको बताएका छन् । गत अगष्ट ७ तारिखबाट सत्याग्रहका अभियन्ताहरू ज्ञानराज राई, धन गुरूङ र पुष्पा राना घले आमरण अनसनमा छन् । यसअघि, समितिले १७ दिने रिले अनसन गरिसकेको छ ।

लेबर सांसद मार्गनको पनि ऐक्यबद्धता

सांसद मोर्गनको पत्र ।


यसैबीच, गोरखा सैनिकहरूको जारी अनसनप्रति लेबर पार्टीका सांसद स्टेफेन मोर्गनले पनि ऐक्यबद्धता जनाएका छन् । पोर्टसमाउथ साउथबाट प्रतिनिधित्व गर्ने सांसद मोर्गनले ब्रिटिस गोरखा रेजिमेन्टका लागि भूपू सैनिकहरूले महत्वपूर्ण सेवा पु¥याएको उल्लेख गर्दै संसद सुचारु हुनेबित्तिकै आवाज उठाउने आन्दोलनकारीहरूमा प्रेषित पत्रमा जनाएका छन् । छाँया रक्षामन्त्री समेत रहेका उनले पेन्सन लगायतका विषयमा देखिएको असमानताका विषयमा गोरखा सैनिकहरूले उठाएको मागप्रति आफूहरूको समर्थन रहेको समेत जोडे । सांसद मोर्गनले नेपाल सरकारसँग चाँडो वार्ता हुने विश्वास व्यक्त गरे ।