April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जसपा जातीय पार्टी होइन – पूर्वमन्त्री राई

जसपा जातीय पार्टी होइन – पूर्वमन्त्री राई

विजयपुर । जनता समाजवादी पार्टी नेपाल जातीय पार्टी नभएको केन्द्रीय नेता एवम् पूर्वमन्त्री हेमराज राईले बताएका छन् । उनले नेपालको सामाजिक साँस्कृतिक बहुलता स्वीकार गर्देै विभेदको उन्मूलनका लागि पार्टी स्थापना भएको बताएका छन् ।

पार्टीको लिम्बुवान राष्ट्रिय समितिले आयोजना गरेको ११ औँ लिम्बुवान भर्चुअल संवादमा बोल्दै भने, ‘हामी जातिवादमा आधारित गरिने विभेदको विरोधी हौँ । तर, जसपा जातीय पार्टी होइन । सबै ठूला राजनीतिक आन्दोलनहरूमा सहभागी भएका नेताहरू मिलेर बनेको राजनीतिक शक्ति हो ।’ उनले पार्टीको विधान र राजनीतिक सिद्धान्तले बहुलता स्वीकार गरेको र सबैखाले उत्पीडनबाट मुक्तिका लािग पार्टी संघर्षरत रहेको बताए । उनले देशमा राजनीतिक स्थिरताका लागि पनि सामाजिक साँस्कृतिक रूपमा उत्पीडितहरूले न्याय, समानता र अधिकार प्राप्त गर्नुपर्ने बताए । समावेशी राजनीतिक सहभागिताबाट मात्रै लोकतन्त्र फस्टाउने भन्दै नेता राईले पहिचानको राजनीतिको मूल मर्म समावेशीकरण, स्वशासन र स्वायतत्तता रहेको बताए । ‘समुन्नत सामाजिक सामजवाद नै नेपाली विशेषताको मौलिक राज्य व्यवस्था हो,’ उनले भने ।

Advertisement

यसैगरी, पार्टीका सल्लाहकार प्रा.डा. महेन्द्र लाओतीले लिम्बुवान स्थापनाका लागि लिम्बुवान आन्दोलनकर्मीहरूले रणनीतिक रूपमा अगाडि बढ्नुपर्ने बताए । ‘लिम्बुवानमा त्यहाँका रहेका आदिवासी लिम्बु, अन्य जनजाति, गैरजनजाति, दलित शिल्पीहरू एक आपसमा सहशासनका लागि राजनीतिक योजना र कार्यक्रम ल्याएर अगाडि बढे लिम्बुवान प्रदेश स्थापना गर्न सहज हुनेछ,’ डा. लाओतीले भने, ‘जातीय जनसंख्याको उपस्थितिले गर्दा पनि लिम्बुवानमा कुनै पनि एक जातिको शाषकीय बहुमत छैन । सबै मिलेर शासन गर्दा मात्रै प्रदेशको स्थापना र सञ्चालनमा सहजता हुनेछ । यतिसम्म कि जातिको अधिकार सुरक्षित गर्न सके नामाङ्कन र सीमाङ्कनको विषय पनि टुङ्गो लाग्नेछ ।’

११ औँ लिम्बुवान भर्चुअल संवाद

त्यसअघि, पार्टीको प्रदेश नम्बर एक सदस्य एवम् महिला संघका प्रदेश एक मुख्य सचिव विमला अर्यालले आफ्नो धारणा राख्दै पार्टीले महिला सहभागिता बढाउन कार्यकारी नेतृत्व तहमा पु¥याउन नीतिगत रूपमै अगाडि बढ्नुपर्ने बताइन् ।

कार्यक्रम लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिमको अध्यक्षता र मुख्य सचिव केदार धिमालको सञ्चालनमा भएको थियो ।