May 18, 2024, Saturday
२०८१ जेष्ठ ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए अधिवेशनमा टीम कुलको समावेशी समूहबाट को–को आउँदैछन् पदाधिकारीमा ?

एनआरएनए अधिवेशनमा टीम कुलको समावेशी समूहबाट को–को आउँदैछन् पदाधिकारीमा ?

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्रास्ट्रिय समन्वय परिषद एनआरएनए आईसिसिको आगामी निर्वाचन सम्पन्न हुन दुई महिना मात्रै बाँकी छ । एनआरएनए आईसिसिको चुनाव नजिकिएसँगै चुनावी सरगर्मी बढेर गएको छ । एनआरएनएको दशौं विश्व सम्मेलन तथा नयाँ नेतृत्व चयन गर्न हुन लागेको निर्वाचनमा हालसम्म कुल आचार्य र बद्री केसीले उम्मेदवारी दिने घोषणा गरेका छन ।

चुनावको मिति नजिकिँदै जाँदा टीम बनाउने कार्य पनि सुरु भईरहेको छ । ६० मुलुकहरुभन्दा बढि एनसीसी हरुको चुनाव सकिंदा बेलायत, अमेरिका, अस्ट्रेलिया,कतार,मलेसिया,कोरियालगायत अधिकांश एनसीसीहरुमा कुल आचार्य समर्थकहरुको विजय भएको छ । निर्बाचन सम्पन्न भएका ठुला देशहरुमा टीम कुलको समर्थकको जित हुनु र अन्य सत्तरी प्रतिशत देशहरुमा पनि टीम कुलको समर्थकले निर्बाचनमा विजय हासिल गरेपछि आगामी अधिबेसनमा यो समुहको पल्ला भारी देखिएको छ ।

Advertisement

संघका सल्लाहकार तथा अध्यक्षका प्रबल दावेदार कुल आचार्यको टिमले जित्ने देखिए पछि उनको समूहमा पर्न उम्मेदवारहरुको दौडधूप शुरु भएको छ । हाल संघको संशोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था रहेको छ । जनसवाललाई प्राप्त जानकारी अनुसार ‘टीम कुल’ बाट उम्मेदवारी दिने आईसिसिका पदाधिकारीहरुको लगभग टुंगो लागिसकेको छ ।


समाचार श्रोतका अनुसार उपाध्यक्षमा वर्तमान उपाध्यक्ष सोनाम लामा, सल्लाहकार त्रिलोक गुरुङ, एसी शेर्पा, कोषाध्यक्ष महेश श्रेष्ठ, सचिब आर के शर्मा हिक्मत थापा, उपाध्यक्ष मन केसी र सुनील साह (अमेरिका) मध्यबाट चार जना पर्ने बताइएको छ । यस्तै महिला उपाध्यक्षमा निवर्तमान सचिब जानकी गुरुङ र युवा उपाध्यक्षमा मध्यपूर्व युवा संयोजक राज रेग्मीलाई समावेश गरिएको छ । महासचिवमा एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष डा केशव पौडेलको निश्चित भएको छ ।

यसैगरी सचिवमा मलेसियाबाट एसिया प्याशिफिक डिआरसी खगेन्द्र न्यौपाने, मध्यपूर्व आरसी प्रविन गुरुङ, युरोप आरसी नारायण आचार्य रहेका छन् भने महिला सचिवमा आइसिसि महिला संयोजक भोमा लिम्बु रहेकी छन् । यस्तै यूकेबाट विनय अधिकारी र अष्ट्रलियाबाट सुरेन्द्र सिग्देलको नामपनि चर्चामा रहेको छ ।


यसैगरी कोषाध्यक्षमा लोक दाहाल र सोम सापकोटाबीच सहमति गर्ने प्रयास भै रहेको र सहकोषाध्यक्षमा एशिया प्याशिफिक आरसी रोविन्द श्रेष्ठ (गोबिन्द), अफ्रिका आरसी रोशन थापा र अस्ट्रेलिया क्षेत्रिय महिला संयोजक जानकी पौडेलबीच सहमति गर्ने प्रयास भैरहेको बताइएको छ ।
यसै गरी टिम कुलबाट आइसिसि युवासंयोजकमा मध्यपूर्व डिआरसि मनोज गोर्खाली र हिमाल गुरुङ मध्ये एक र महिला संयोजकमा बिमला सापकोटाले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । कुल आचार्यले आफ्नो समावेशी समूहमा एनआरएनएका दिग्गज व्यक्तित्वहरुसँगै युवाहरुलाई समेत समेटने प्रयास गरिरहेको र केहि दिन भित्रै पुरै टिमको नाम सार्वजनिक गरिने जानकारी प्राप्त भएको छ ।