April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
प्रधानमन्त्री कार्यालयअगाडि भेट्रानहरूको बृहत प्रदर्शन,गोरखा सत्याग्रहको आन्दोलनमा ऐक्यबद्धता आउने क्रम जारी

प्रधानमन्त्री कार्यालयअगाडि भेट्रानहरूको बृहत प्रदर्शन,गोरखा सत्याग्रहको आन्दोलनमा ऐक्यबद्धता आउने क्रम जारी

लन्डन । जारी गोरखा सत्याग्रह संघर्ष समितिको समितिको आन्दोलनमा साथ दिँदै आएको बेलायती भेट्रान एसोसिएनले लन्डनको प्रधानमन्त्रीको कार्यालयअगाडि बृहत प्रदर्शनी गरेको छ । तीन अभियन्ताहरूले विगत आठ दिनदेखि सुरु गरेको आमरण अनसनमा समेत ऐक्यबद्धता जनाउँदै सयौँको संख्यामा भूतपूर्व सैनिकहरू १० डाउनिङ स्ट्रिटमा विरोध प्रदर्शनमा उत्रेका थिए ।

शनिबार रेजिमेन्टल झण्डा, ह्याट, मेडल र ब्लेजरमा सजिँदै पूर्व सैनिक र आश्रित परिवारहरूको आन्दोलनमा साथ दिनु न्याय र समानताका लागि अपरिहार्य भएको भेट्रान एसोसिएनका क्लाइभ स्पेन्सरले बताए । ‘हाम्रा प्रिय गोरखा सैनिक साथीहरू अन्यायमा परेका छन् । उनीहरूको पीडा हाम्रो पनि हो,’ उनले भने, ‘यसकारण अनसनकारी र आन्दोलनरत गोरखा सैनिकहरूको अभियानमा हमी साथ दिन आएका हौँ ।’ उनले बेलायती नागरिहरू सदैव गोरखा सैनिकहरूले २०७ वर्षदेखि पु¥याएको सेवा र योगदानप्रति ऋणी रहेको बताए । भेट्रानका सैनिकहरूले सडकमा मार्चपास गरिरहँदा पूर्व गोरखा सैनिक र विभिन्न संघसंस्थाबाट आएका प्रतिनिधिहरूले ताली बजाएर स्वागत गरेका थिए ।

Advertisement

गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका संयोजक कृष्ण बहादुर राईले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको प्रशासनले सिधैँ नेपाल सरकारसँग वार्ता गरेर आफ्ना मागहरू पूरा गर्नुपर्ने बताए । ‘सन् १९४७ को सन्धी, भियन्न सन्धी, जातीय विभेद उन्मूलनको सन्धीअनुसार बेलायत अगाडि बढ्नुपर्छ । हामीमाथि भएका ऐतिहासिक अन्याय र अत्याचारको हिसाबा खोजिरहनेछौँ,’ राईले भने, ‘यो राष्ट्रिय समस्या हो । नेपाल सरकारले कूटनीतिक पहल नभएर अब सिधैँ वार्ता गर्ने हैसियत राख्नुपर्छ ।’ उनले दुई देशबाट रहने गरी उच्च स्तरको वार्ता समिति गठन गर्नुपर्ने र समस्या समाधानका लागि अधिकार सम्पन्न संयन्त्र बनाउनुपर्ने बताए । उनले केही दिनभित्र गोरखा सैनिकहरूको आन्दोलनमा धोका दिने र षड्यन्त्र गर्नेहरूको नाम सार्वजकि गर्ने समेत चेतावनी दिए । प्रदर्शनमा सयौैको संख्यामा आएका अभियानसम्बद्ध समर्थकहरूले ‘आयो गार्खाली’ र ‘हामीलाई न्याय चाहिन्छ’ भन्दै नाराबाजी गरेका थिए ।

। बेलायती समकक्षीसरह समान पेन्सन र अन्य सुविधासहित १३ सूत्रीय मागहरू गत अगष्ट ७ तारिखबाट सत्याग्रहका अभियन्ताहरू ज्ञानराज राई, धन गुरूङ र पुष्पा राना घले आमरण अनसनमा छन् ।

आन्दोलनमा ऐक्यबद्धता आउने क्रम जारी
यसैबीच, गोरखा सैनिकहरूको आन्दोनलमा ऐक्यबद्धता जनाउने क्रम बढ्दै गएको छ । सत्याग्रहमाथि गत मंगलबार भएको प्रहरी हस्तक्षेपको विरोध गर्दै लिम्बुवान नागरिक समाज यूकेले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सो समाजका अध्यक्ष छत्र वनेम र महासचिव लाहाङ चेम्जोङले विज्ञप्ति जारी गर्दै बेलायत सरकार र नेपाल सरकारले अविलम्ब आन्दोलनरत पक्षसँग वार्ता गरेर मागहरू सम्बोधन गर्न तदारुकता देखाउन आग्रह गरेको छ ।


त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघ, यूकेले पनि लन्डनमा रहेको नेपाली दूतावासलाई आवश्यक पहल गर्न माग गरेको छ । अध्यक्ष कर्मा पहाडी शेर्पाले यथाशीघ्र कूटनीतिक पहलकदमी बढाएर गोरखा सैनिकका जायज मागहरू पूरा गर्न माग गरेका छन् ।

जसपानिकट लिम्बुवान समाज यूकेका अध्यक्ष दिलसिं मेन्याङ्वो र सचिव छन्त वनेमले समेत विज्ञप्ति जारी गर्दै २०७ वर्षको योगदानको सम्मान गर्न बेलायतलाई आग्रह गरेको छ । समाजले लोकतन्त्र र मानवअधिकारका लागि भूपू सैनिकहरूका माग सम्बोधन गर्न बेलायत सरकारसमक्ष माग गरेको छ । त्यस्तै, विश्व टे«ड युनियन महासंघले समेत विज्ञप्ति प्रकाशित गर्दै आन्दोलनमा आफ्नो साथ रहेको जनाएको छ ।