May 15, 2024, Wednesday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुवान मञ्च कोल्चेस्टर शाखामा हुक्पा चोङवाङ

लिम्बुवान मञ्च कोल्चेस्टर शाखामा हुक्पा चोङवाङ

लन्डन । संघीय लिम्बुवान सामाजिक यूकेको कोल्चेस्टर शाखाको अध्यक्षमा डम्बर बहादुर हुक्पा चोङवाङ चयन भएका छन् । शनिबार सम्पन्न शाखा पुनगर्ठन कार्यक्रमले हुक्पा चोङवाङको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्य समिति पनि गठन गरेको छ ।

मञ्च यूकेका अध्यक्ष टङ्क खापुङको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपाध्यक्ष शर्मिला यक्सो, महासचिव राम इजम, थरक शाखा अध्यक्ष कृष्ण कुमार कुरुम्वाङ उपस्थित थिए । समितिको उपाध्यक्षमा निमेश नेम्वाङ लिम्बु, सचिवमा भीम लाओती, अर्थसचिवमा भीम कुरुम्भङ छन् । त्यस्तै, सदस्यहरूमा विष्णु कुमारी लिम्बु, कुमार हुक्पा चोङवाङ र मसाना लिम्बु लगायत रहेका छन् ।

Advertisement

संघीय लिम्बुवान सामाजिक मञ्च नेपालको पूर्वी भूगोलमा लिम्बुवान स्थापनाका लागि आन्दोलनरत राजनीतिक संगठन संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठन हो । मञ्चको सन् २०१२ मा स्थापना भएको हो ।