May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जुनु बेघा राईलाई यूकेबाट १५ लाख सहयाेग

जुनु बेघा राईलाई यूकेबाट १५ लाख सहयाेग

पान्थर । जुनु बेघा राईलाई सहयाेग रकम हस्तान्तरण गरिएकाे छ । यूके सहयाेग अभियानबाट संकलित १५ लाख ४ हजार १ सय ३३ रुपैयाँ रकम हस्तान्तरण गरिएकाे हाे । साेमबार फिदिममा एक कार्यक्रमकाबिच जुनु बेघा राईलाइ चेक हस्तान्तरण गरिएकाे छ ।

यूकेमा बसाेबास गर्ने नेपालीहरुबाट रकम संकलन भएकाे थियाे । सहयाेग रकम संकलनका लागि नेपालबाट सन्तबीर नेम्वाङ, शकुन्तला याेक्पाङदेन नेम्वाङ र बेघा थाेबाेजुम काठमाण्डाैले व्यवस्थापकीय भूमिका निर्वाह गरेका थिए । यूकेमा रहेर सहयाेग रकम संकलनका लागि दिलसिङ मेन्याङ्बाे, नरेन्द्र घले, लाेकेन्द्र तबेबुङ, डम्बर हुक्पा चाेङबाङले संयाेजन गरेका थिए । संकलित रकम मध्ये १४ लाख रुपैयाँ दुई छाेरीकाे नाममा नेपाल बैकमा खाता खाेलि मुद्दति निक्षेपमा बचत गरिएकाे छ । जुनु बेघा राईका दुई छाेरीहरु खुसी राई र सुनिता राईलाइ शिक्षा हासिल गर्न सहजता हाेस भन्ने उदेश्यका साथ १० बर्षकाे लागि मुद्दतीमा रकम जम्मा गरिएकाे संकलन अभियानका नेपाल ब्यवस्थापक शकुन्तला याेक्पाङ्देन नेम्बाङले जानकारी दिइन् । जुनुका ५ बर्षे र ३ बर्षे छाेरीहरु छन । १ लाख ४ हजार १ सय ३३ रुपैयाँ रकम भने घर व्यवहार सञ्चालन खर्चका लागि जुनु बेघा राईलाइ हस्तान्तरण गरिएकाे सन्तबीर नेम्बाङले जानकारी दिए ।

Advertisement

फरक क्षमताकी जुनु बेघा राई सहयोग प्राप्त गरेपछि ।

जुनु राई जन्मजात अपाङ्ग हुन् । उनकाे दुईवटै खुट्टा छैन । विभिन्न सञ्चारमाध्यमबाट जुनुका समस्या र दैनिकीकाे बारेमा समाचार प्रकाशन तथा प्रसारण भएपछि सहयाेग रकम जुट्न थालेकाे थियाे । रकम हस्तान्तरण कार्यक्रम सँगै जुनु बेघा राई सहयाेग अभिलेख पुस्तिका समेत बिमाेचन गरिएकाे छ । पुस्तिकामा जुनुलाइ सहयाेग गर्ने ब्यक्तिहरुकाे बिवरण र जुनु बेघा राईकाे संक्षिप्त परिचयलाइ समावेस गरिएकाे छ । सहयाेग रकमले नानीहरुकाे लालनपालन र शिक्षामा सहयाेग पुग्ने र घर ब्यवहार चलाउन समेत सहजता हुने भन्दै जुनुले खुसी ब्यक्त गरेका छन् । सहयाेग रकम ग्रहणपछि खुसी हुदै जुनुले सहयाेगी देश तथा बिदेशमा रहनुहुने नेपालीहरु प्रति धन्यवाद दिएका छन् ।

कार्यक्रम सन्तबीर नेम्बाङकाे अध्यक्षता तथा याक्थुङ प्रज्ञा प्रतिष्ठानकाे कुलपती राजेन्द्र कुमार जवेगुकाे प्रमुख आतित्थ्यतामा सम्पन्न भएकाे थियाे । कार्यक्रममा स्वागत मन्तब्य शकुन्तला याेकपाङ्देन नेम्बाङले राखेकी थिइन् । कार्यक्रमका अध्यक्ष सन्तबीर नेम्बाङले जुनुकाे दयनीय अवस्था थाहा पाएपछि सहयाेग गर्न अभियान सञ्चालन गरिएकाे बताए । नेम्बाङले अभियानमा जाेडिएर सहयाेग गर्ने सबैप्रति धन्यवाद दिए । जुनु ओयाम याङवरक २ निवासी हुन् । २०५२ सालमा जन्मिएका उनी सन्ताेष राईसँग २०७२ मा वैवाहिक सम्बन्धमा बाँधिएकी थिइन् ।