May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अमेरिकामा हुने आदिवासी चलचित्र महोत्सवमा सात चलचित्र देखाइने

अमेरिकामा हुने आदिवासी चलचित्र महोत्सवमा सात चलचित्र देखाइने

नेपाल आदिवासी चलचित्र महोत्सव तथा निफ अवार्डमा विभिन्न जातिका सातवटा चलचित्र प्रदर्शन हुने भएको छ । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाले आयोजना गर्न गईरहेको महोत्सवका लागि आईतबार न्युयोर्क स्थित चलचित्र छनौट समितिले उक्त सात चलचित्र छनौट गरेको हो ।

विभिन्न जाति समुदायको मातृभाषामा निर्मित १५ वटा सहभागी चलचित्र मध्य सात जातिको एक एक वटा गरी सातवटा चलचित्र छनौट गरिएको महोत्सवका संयोजक तथा नेपाल आदिवासी जनजाति महासंघका महासचिब नरेन्द्र थापाले बताए । चलचित्र छनौटको लागि सम्बन्धित भाषाको जातीय संस्थाहरुलाई जिम्मेवारी दिइएको थियो । नेपाल स्थित आदिवासी जनजाति चलचित्र महासंघको कार्यालयमा संकलन गरि पठाईएको चलचित्रहरु मध्य तामाङ जातिको प्रङ्ना, गुरुङ जातिको मि न्होर्वै ट, नेवार जाति जा मनःगुभाजु, मगर जातिको ट्याङचालक, राई जातिको सायाबुङ, लिम्बु जातिको के, ह्योल्मो जातिको मेतोक रहेका छन् ।

Advertisement

आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङले चलचित्र सहभागिता गराउनु हुने सम्पुर्ण चलचित्रकर्मीहरुलाई धन्यवाद दिदै अन्तिम छनौटमा परेका चलचित्रहरुलाई बधाई सहिति शुभकामना व्यक्त गरेका छन् । यस महोत्सवबाट नेपालका आदिवासी चलचित्रहरुलाई प्रबद्र्धन गर्ने लक्ष्य रहेको पनि अध्यक्ष चेम्जोङले बताए । अमेरिकाको न्युयोर्क स्थित अगष्ट २१ र २२ तारिखका दिन आयोजना हुन गईरहेको महोत्सब तथा अवार्डको लागि अन्तिम तयारी भईरहेको रहेको पनि आयोजकले जनाएको छ ।