April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए टोली लन्डन दूतावासमा, गोरखा समस्या समाधानका लागि गम्भीर हुन आग्रह

एनआरएनए टोली लन्डन दूतावासमा, गोरखा समस्या समाधानका लागि गम्भीर हुन आग्रह

लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेको एक प्रतिनिधिमण्डल लन्डनस्थित नेपाली दूतावास पुगेको छ । जारी गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिको आन्दोलनलाई निष्कर्षमा पु¥याउन एनआरएन यूकेले दूतावासलाई पुनः ध्यानाकर्षण गर्न दूतावास पुगेको हो ।

मंगलबार अध्यक्ष प्रेम गाहा मगरको नेतृत्वमा दूतावास पुगेको प्रवक्ता भरतमणि चोङवाङ लिम्बुले सिलौटी टाइम्सलाई जानकारी दिएका छन् । उनले नवनिर्वाचित कार्य समितिको दूतावाससँग पनि भेटघाटसँगै भूतपूर्व गोरखा सैनिकहरूको आन्दोलन लगायत विविध विषयहरूमा कुराकानी भइरहेको जनाए ।

Advertisement

एनआरएन यूकेले हिजो सोमबार मात्रै आफ्नो पहिलो बैठक सम्पन्न गरेको थियो । अल्डरसटमा बैठक सम्पन्न हुनुअघि दुई देशबीच तत्काल वार्ता समिति गठन गरेर गोरखा सैनिकहरूको माग सम्बोधन गर्न आवश्यक कदम चाल्न भन्दै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई एनआरएनए यूकेले पत्र पठाएको थियो । संस्थाले आफ्नो दुई वर्षे कार्यकालमा गोरखा सैनिकहरूको मुद्दालाई पनि प्राथमिकतामा राखेको अध्यक्ष गाहा मगरले पटक पटक विभिन्न मञ्चहरूमा उद्घोष गरिसकेका छन् । बेलायतका नेपाली राजदूत लोकदर्शन रेग्मीलगायत दूतावासका अन्य अधिकारीहरूसँग अहिले केन्सिङ्टनमा छलफल भइरहेको प्रवक्ता लिम्बुले बताए ।