अस्पतालबाट फर्किएर धन गुरूङले पुनः थाले अनसन
लन्डन । स्वास्थ्य स्थिति बिग्रिएर मंगलबार अस्पतालमा भर्ना भएका अनसनकारी धन गुरूङले पुनः आमरण अनसन थालेका छन् । उनले बुधबार बिहान अस्पतालबाट सामान्य उपचार पाएलगत्तै आमरण अनसन थालेका हुन् ।
आमरण अनसनको ११ औँ दिनमा स्वास्थ्य स्थितिमा केही खराबी देखिपछि गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका अन्य अभियन्ताहरूको आग्रहमा उनी मंगलबार बेलुकी लन्डनको सेन्ट थोमस अस्पतालमा भर्ना भएका थिए । अन्य दुई अभियन्ताहरू ज्ञानराज राई र पुष्पा राना घलेले भने आमरण अनसन जारी राखेका थिए ।
१३ सूत्रीय मागलाई पूरा गर्न बेलायत र नेपाल सरकारबीच उच्च स्तरीय संयन्त्र गठन गरेर दुई देशबीच वार्ता बस्ने समय र स्थान तय गर्नुपर्ने भन्दै तीन अभियन्ताहरू गत अगष्ट ७ तारिखबाट लन्डनको १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्रीको कार्यालयअगाडि अनसनरत छन् ।



प्रतिकृया दिनुहोस्