हातेमालोले गोरखा सैनिकको असमान पेन्सनबारे संवाद गर्दै
लन्डन । भूतपूर्व गोरखा सैनिकहरूको सबैभन्दा पेचिलो मुद्दाको रूपमा रहेको असमान पेन्सनबारे हातेमालो समूहले संवाद गर्ने भएको छ । सवा तीन दशकअघिदेखि समान पेन्सन, तलबभत्ताका लागि आन्दोलित भइरहेको गोरखा सैनिकहरूको मूल मागबारे प्रकाश पार्न हातेमालोले शनिबार संवाद आयोजन गर्दैछ ।
चर्चित मिडियाकर्मी एवम् ब्लगर लेक्स लिम्बुले सहजीकरण गर्न लागिरहेको सो संवाद शनिबार दिउँसो १ बजे भर्चुअल रूपमा जुमबाट हुँदैछ । संवाद सन् १९७५ को गोरखा सैनिकाको निवृतिभरणका लागि भनेर ल्याइएको सशस्त्र सेना पेन्सन परियोजनाउपर केन्द्रित रहेर टीका पङ्धाकसँग हुने लिम्बुले सिलौटी टाइम्सलाई जानकारी दिए । उनले सत्याग्रहले रक्षा मन्त्रालयबाट दुई सरकारबीच वार्ता हुने शर्तमा आमरण अनसन अन्त्य भएको र भावी कदमबारे जानकारी दिन सत्याग्रहका अभियन्ता दीपक मास्केसँग पनि कुराकानी हुने जनाए ।

हातेमालो नेपालको आदिवासी जनजाति र दलित समुदायको अधिकारका लागि वकालत गरिरहेको एक अन्तर्राष्ट्रिय सञ्जाल हो ।



प्रतिकृया दिनुहोस्