May 10, 2024, Friday
२०८१ बैशाख २८, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निर्देशक रवि शेर्मालाई कियाचु उदयकला पुरस्कार

निर्देशक रवि शेर्मालाई कियाचु उदयकला पुरस्कार

काठमाडौँ । किरात याक्थुङ चुम्लुङ नेपालले स्थापना गरेको उदयकला पुरस्कार २०७७ वर्षका लािग चलचित्र निर्देशक रवि शेर्मालाई प्रदान गरिएको छ । कला क्षेत्रबाट आदिवासी याक्थुङ लिम्बु समुदायका लागि महत्वपूर्ण योगदान दिएको भन्दै चलत्रिकर्मी शेर्मालाई पुरस्कार प्रदान गरिएको चुम्लुङले जनाएको छ ।

शुक्रबार ललितपुरस्थित चुम्लङको केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच शेर्मालाई पुरस्कृत गरिएको अध्यक्ष योगराज वनेमले जनाए । शेर्मा अढाई दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय छन् । पुरस्कारको राशी नगद दश हजार रूपैयाँसहित प्रमाणपत्र रहेको छ । उनले प्राप्त पुरस्कार राशीमध्ये ५,५०० रूपैयाँ कलाकारको सम्मानका लागि भन्दै फिर्ता गर्ने घोषणा समेत गरे ।
पान्थर जिल्लाका शेर्माले नुमाफुङ, थत्थमा, मासेमी, केबा कोक्मा लगायत दुई दर्जन बढी चलचित्रहरूमा अभिनयसँगै निर्देशन गरेका छन् । उनी लिम्बु चलचित्रकर्मीहरूको संगठन याक्थुङ मुनचइत् चोक सयङका केन्द्रीय उपाध्यक्ष समेत हुन् ।

Advertisement