March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायत सरकारको पछिल्लो कदमको एनआरएनए यूकेद्वारा स्वागत

बेलायत सरकारको पछिल्लो कदमको एनआरएनए यूकेद्वारा स्वागत

लन्डन । भूतपूर्व गोरखा सैनिकको पेन्सन लगायतका मुद्दा समाधान गर्न बेलायत सरकारले चालेको पछिल्लो कदमको गैरआवासीय नेपाली संघ(एनआरएनए), यूकेले स्वागत गरेको छ । एनआरएनएले गोरखा सत्याग्रहको आन्दोलनलाई बेलायत सरकारले सम्मान गरेको ठहर गर्दै माग पूरा हुनेमा विश्वास व्यक्त गरेको छ ।

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगर र महासचिव खुसी लिम्बुले एक विज्ञप्ति प्रकाशित गर्दै सत्याग्रहले गरेको आमरण अनसनको १३ औँ दिनमा ब्रिटिस सरकारले वार्ता गर्ने घोषण गरेकोप्रति राहत महसुस गरेको जनाएको छ । ‘समान पेन्सन, समान सुविधा र समान अधिकार प्राप्तिको माग राख्दै भूतपूर्व गोर्खाहरूले गरेको आमरण अनसनको १३ औँ दिनमा आइपुग्दा बेलायती सरकारले गरेको घोषणाले हामीलाई राहत दिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘गोरखा सैनिकहरूको मागबारे गोरखा सैनिकहरूको प्रतिनिधिहरू समेतको सहभागितामा सन् २०२१ को डिसेम्बरमा नेपाल सरकारसँग वार्ता गर्ने बेलायती सरकारको घोषणालाई एनआरएनए यूके हार्दिक स्वागत गर्दछ ।’

Advertisement

एनआरएनए यूकेको विज्ञप्ति ।

एनआरएनए यूकेका प्रवक्ता भरतमणि लिम्बुले गोरखा सैनिक नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्धको सेतु भएको भन्दै एनआरएनएले गोरखा अभियन्यताहरूको जीवन रक्षाको पहल साथै माग सम्बोधन गर्न दुवै देशका सरकार प्रमुखहरूलाई पत्राचार गरेको स्मरण गराए । १९ अगष्टमा सत्याग्रका तीन अभियन्ताहरू ज्ञानराज राई, पुष्पा राणा घले र धन गुरूङहरूले अनसन तोड्नुअघि एनआरएनए यूकेले १६ अगष्टमा बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र १७ अगष्टमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई तत्काल वार्ता प्रारम्भ गर्न पत्राचार गरेको थियो । आन्दोलनका दौरान बेलायतका दर्जनौँ संघसंस्थाहरूले ऐक्यबद्धता जाहेर गरेका थिए । बेलायती रक्षा राज्यमन्त्री लियो डोयट्रीले दुई देशबीच वार्ता गर्न सहमत भएको पत्र बिहीबार सत्याग्रहका आन्दोलनकारीहरूलाई थमाएपछि अनसन स्थगन भएको थियो ।