April 14, 2025, Monday
२०८२ बैशाख १, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एक खर्बभन्दा बढी रकम बेरुजु

एक खर्बभन्दा बढी रकम बेरुजु

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले १ खर्ब रुपैयाँभन्दा बढी रकम बेरुजु भएको देखाएको छ ।

महालेखाको ५८औं वार्षिक प्रतिवेदनले १ खर्ब ४ अर्ब ३९ करोड रुपैयाँ बेरुजु भएको देखाएको हो । महालेखाले यसवर्ष गरेको संघीय र प्रदेश, सरकारी कार्यालय, स्थानीय तह, संगठित संस्था, समिति र अन्य संस्थाहरूतर्फको लेखापरीक्षणबाट सो रकम बेरुजु देखिएको हो ।

Advertisement

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन (२०७३ को दफा २ को –त)मा प्रचलित कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु-याई कारोबार गरेको महालेखाले जनाएको छ । त्यस्तै राख्नुपर्ने लेखा नराखेको तथा अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गरेको बेहोरालाई बेरुजुको रूपमा उल्लेख गरेको छ ।

बेरुजुलाई असुल गर्नुपर्ने, अनियमित भएको, प्रमाण कागजात पेस नभएको, जिम्मेवारी नसारेको, शोधर्ना नलिएको र पेश्की बाँकीमा वर्गीकरण गरेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

पेश्कीअन्तर्गत कर्मचारी पेश्की, मोबिलाइजेसन पेश्की, प्रतितपत्र पेश्की र संस्थागत पेश्कीमा वर्गीकरण गरेको छ ।

त्यस्तै संघीय सरकारी कार्यालय, प्रदेश कार्यालय, स्थानीय तह र अन्य समिति र संस्थातर्फ लेखापरीक्षणबाट अद्यावधिक गरिएको बेरुजु ४ खर्ब १८ अर्ब ८५ करोड रहेको महालेखाले जनाएको छ । गतवर्षको तुलनामा बेरुजु ०.१३ प्रतिशतले बढेको महालेखाले जनाएको छ ।