May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेफिन मकाउद्वारा उच्च रक्तचाप पीडितलाई आर्थिक सहयोग

नेफिन मकाउद्वारा उच्च रक्तचाप पीडितलाई आर्थिक सहयोग

मकाउ। नेपाल अदिवासी जनजाति महासंघ (नेफिन)मकाउले त्यहाँ कार्यरत भिष्मराज फोम्बोलाई स्वास्थ्य उपचारार्थ आर्थिक सहयोग गरेको छ । तेह्रथुम जिल्ला स्थायी घर भएका फोम्बो मकाउस्थित गोल्डेन ओसिन्स सेक्युरिटीमा कार्यरत थिए ।

केही समययता उच्च रक्तचापबाट पीडित भिष्मराजलाई कामकै अवस्थामा स्ट्रोक भएपछि मकाउकै अस्पतालमा भर्ना गरिएको थियो । तर हप्तौंको उपचारबाट पनि उनको स्थिति सामान्य अवस्थामा नफर्किएपछि त्यहाँ रहेको नेपालीहरु पहलमा बिरामीलाई नेपाल पठाउन परेको थियो । नेफिन मकाउकै एक सदस्य संगठन किराँत याक्थुङ चुम्लुङ मकाउले आर्थिक सहयोग संकलन गरेको थियो । जसमा कियाचु मकाउ र नेफिन मकाउ आफैं र त्यहाँस्थित मगर संघ, तामाङ घेदुङ, तमुधीं, शेर्पा संघ गरी १७ हजार १ सय ६१ वन संकलन गरिएको थियो ।

Advertisement

गत अगस्ट ७ तारिख मकाऊमा एक कार्यक्रम आयोजना गरी नेफिन मकाउका अध्यक्ष भीम कुमार राई, कियाचु मकाउका अध्यक्ष चण्डी योङ्या र नेफिन मकाउका सचिव मेघराज नयोङहाङ लिम्बूले विरामी भिष्मराज फोम्बोलाई उक्त सहयोग रकम संयुक्त रुपमा हस्तान्तरण गरेका थिए । बिरामी भिष्मराज फोम्बो हाल नेपालमा उपचाररत छन्। झण्डै अढाई दशकअघि मकाउमा नेपालीहरुका लागि अस्थायी रोजगारीको अवसर सृजना भएयता त्यहाँ हाल ५ हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान गरिन्छ ।