April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘त्यो गणतन्त्र चोकको झडप’

‘त्यो गणतन्त्र चोकको झडप’

१२ कक्षाको मा पढ्दै थियौं। तेतिवेला युवा जोसजाँगर पनि अत्यधिक थियो। लिम्बुवानका लागि छातीमा तातो गोली थाप्न तयार हुन्थ्यौं । साल ठ्याक्कै बिर्सें। समय चाहिँ स्ववियु चुनाउ तिरको हो । माओवादी जनयुद्धपछि पहिलोचोटि स्ववियु चुनाउ हुँदै थियो। हाम्रो संगठन लिम्बुवान विद्यार्थी परिषदले चुनाउ पूर्ण समानुपातिक प्रणालीबाट हुनु पर्छ भन्ने माग राखेर संघर्ष शुरु भएको थियो। यहि आन्दोलनको क्रममा खुदुनावारीमा सशस्त्र पुलिसको गोली लागेर मनिल तामाङ शहिद हुन पुगे । मनिल तामाङ शहिद भएको दिन हामीले ईलाम क्याम्पसको मोर्चा सम्हालेका थियौं ।

मनिल तामाङ शहिद भएको खबर फैलिने वितिकै लिम्बुवान भरी ससक्त आन्दोलनको घोषणा गरियो। ईलामको मोर्चा सफलता पछि हामी फेदेन फक्यौँ। आन्दोलनले झन् गति लिदै गएको थियो। कतिवेला झडप हुन्छ, कति बेला पुलिसले हान्छ थाहा हुदैन थियो। यहि क्रममा आमह्ड्ताल घोषणा गरियो। आमहडतालको दिन पान्थर फेदेनको मालपोत कार्यलय चाहि पुलिसको सुरक्षा मा खोलिएको रहेछ। त्यहाँ पुलिस लाई भक्कु गोदाई दिएर मालपोत तोडफोड भयो । पुलिसलाइ जिल्ला प्रहरी कार्यलय गेटसम्म खेदियो । त्यहि नै बेला फेदेन गणतन्त्र चोकमा कोणसभाको आयोजना तयारी हुदै थियो। जिल्ला प्रहरी कार्यालय मा जे जति पुलिस थिए सबै अरिङ्गाल जस्तो खनिएर आए। हामीले होटलको छेउमा भएको बियर र कोकका बोतलले ससक्त प्रतिकार गर्यौं। उनिहरुले अश्रुग्याँस हान्दै आए। यहि क्रममा गणतन्त्र चोक देखि ओह्रालो हेमा कन्दङवा , स्मारिका लाओती र म भाग्यौं। तल देखि हामीलाई छेक्दै ३/४ जना पुलिस आउदै थिए। बाटोको छेउमा रहेको ईटाले हामीले ससक्त प्रहार गर्यौ। पुलिस भागे। त्यति बेला हेमा र स्मारिकाले यति खतरा गरि ईटा प्रहार गरेकी अहिले नि सम्झिदा झसंग हुन्छु। लिम्बुवान आन्दोलनमा लिम्बुवानी नारीहरुको त्यतिबेला सशक्त उपस्थिति थियो। हामीलाइ निक्कै तलैसम्म खेदाए तर धन्न भेटाउन सकेन।

Advertisement

लिम्बुवान आन्दोलन मधेस आन्दोलन भन्दा ससक्त उठेको हो । तर त्यसलाई पुँजीकृत र संस्थागत गर्न नेतृत्वहरुले सकेनन् । उल्टै कुमार लिङ्देन र सन्जुहाङ पालुङ्वाले कुर्सीका लागि लफडा गर्दै आन्दोलनलाई धोका दिने काम गरे। त्यतिबेला जनताले साथ भने दिएकै हो । मजस्ता धेरै युवाहरुले लिम्बुवान आन्दोलनका लागि आफ्नो भविष्यलाई आहुति दिए ।

(लेखक केरूङ लिम्बुवान आन्दोलनमा सक्रिय रहेका विद्यार्थी नेता हुन् । सं.)