जनता समाजवादी पार्टीले सुज अभियान सुरु गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले राजनीतिक अभियानस्वरुप पार्टी सुदृढीकरण तथा जनजागरण अभियान(सुज) अभियान सुरु गर्ने भएको छ । पार्टीको हालै सम्पन्न बैठकले पार्टी समायोजन, विस्तार र सुदृढीकरणको कामलाई गति दिन अभियान थाल्न लागेको हो ।
गत भदौ १ र २ गते काठमाडौँमा सम्पन्न भएको बैठकले भदौ ९ गतेबाट प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम गर्ने निर्णय गरेको केन्द्रीय नेता रकम चेम्जोङले जनाए । राष्ट्रिय निर्वाचन आयोगले पार्टीलाई आधिकारिकता दिएपछि बसेको पहिलो बैठकले विभिन्न समसमायिक निर्णयहरू समेत गरेको उनले बताए । सुज अभियानअन्तर्गत भदौ ९ गते प्रदेश एकको विराटनगर र बागमति प्रदेशको काठमाडौँमा, ११ गते प्रदेश दुईको जनकपुर र सुदूरपश्चिमको धनगढीमा, १३ गते लुम्बिनी प्रदेशको भैरहवामा, १५ गते गण्डकी प्रदेशको पोखरामा र १७ गते कर्णाली प्रदेशको सुर्खेतमा नेता कार्यकताहरूको भेला हुनेछ । भेलालाई केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् ।

बैठकले पार्टीको केन्द्रीय कार्यकारिणी समितिको संख्या ३६ कायम गर्ने निर्णय समेत गरेको छ । जसअनुसार संघीय परिषद अध्यक्षमा डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी समिति अध्यक्षमा उपेन्द्र यादव, वरिष्ठ नेतामा अशोक राई छन् । त्यस्तै, कार्यकारिणी सदस्यहरूमा राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव माथिल्लो मर्यादाक्रममा छन् । अन्य सदस्यहरूमा अमृता अग्रहरी, गजाधर रोहिता यादव, गोविन्द चौधरी, गंगानारायण श्रेष्ठ, डम्मरु वल्लभ खतिवडा, दुर्गा सोब, नवराज सुवेदी, नवलकिशोर शाह, प्रकाश अधिकारी, प्रशान्त सिंह, परशुराम खापुङ, परशुराम बस्नेत, भक्त बहादुर शाह, मनिष कुमार सुमन, मृगेन्द्र कुमार सिंह यादव, मोहम्मद इस्तियाक राई, युवराज कार्की, रकम चेम्जोङ, रनध्वोज लिम्बु, रमेश प्रसाद यादव छन् । त्यस्तै, राजकिशोर यादव, रामनरेश राय यादव, रामसहाय प्रसाद यादव, रेणु कुमारी यादव, रेशमलाल चौधरी, लालबाबु राउत, विजय कुमार, शिवलाल थापा, सुशीला श्रेष्ठ, हिसिला यमी र हेमराज राई छन् । बैठकले विभिन्न विभागीय जिम्मेवारीहरूमा समेत हेरफेर गरेको पार्टीले जनाएको छ ।



प्रतिकृया दिनुहोस्