April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सेयर बजारमा लगातार दोस्रो दिन पहिरो, नेप्से ४८ अंकले घट्दा १२ अर्बमा खुम्चियो कारोबार

सेयर बजारमा लगातार दोस्रो दिन पहिरो, नेप्से ४८ अंकले घट्दा १२ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । नेपालको पुँजीबजारमा लगातार दोस्रो दिन उच्च अंकको गिरावट आएको छ। पुँजीबजार मापक परिसूचक नेप्से आज ४८.४२ अंकले घटेको छ। मंगलबार ५६.०३ अंकले ओरालो लागेको नेप्से आज पनि नकारात्मक बनेको हो।

सबै उपसमूह राताम्य बनेपछि आज नेप्से ३०७६.४५ विन्दुमा कायम भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज कारोबार रकम पनि घटेको छ।

Advertisement

नेप्सेमा कूल १२ अर्ब नौ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कूल २२७ वटा कम्पनीका एक करोड ९५ लाख ९९ हजार ८९ कित्ता सेयर एक लाख १८ हजार ९७२ पटक खरिद-बिक्री भएका थिए।

ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ९.६७ अंकले घटेर ५६८.०० विन्दुमा ओर्लिएको छ।

आज जीवन विकास लघुवित्त वित्तीय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको थियो। आज खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ९.९८ प्रतिशतका दरले गुमाएका छन्।

अरुण काबेली पावर लिमिटेडको सेयर सबैभन्दा धेरै ४८ करोड ७१ लाख पाँच हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। संख्यात्मक आधारमा नेसनल हाइड्रोपावर कम्पनी अग्रस्थानमा रह्यो। उक्त कम्पनीको सबैभन्दा धेरै आठ लाख ३६ हजार ८४४ कित्ता सेयर सबैभन्दा धेरै चार हजार २०८ पटक किनबेच भएका थिए।

आज सबै उपसमूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।

मंगलबार जलविद्युत् उपसमूहअन्तर्गतका प्राय: सबै कम्पनीको सेयर घटेको थियो। केही दिनअघि विद्युत् नियमन आयोगले जलविद्युत् कम्पनीको सेयरमा चलखेल भएको भन्दै सचेत भएर लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको थियो। त्यसको प्रभाव सेयरबजारमा देखिएको जानकारहरु बताउँछन्। 

यसैगरी मंगलबार नेपाल राष्ट्र बैंकले सेयर धितोमाएक वर्षभन्दा बढी अवधिका लागि कर्जा प्रवाह नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो। आज नेप्से उच्च अंकले घट्नुलाई राष्ट्र बैंकको उक्त निर्देशनको प्रभावको रुपमासमेत लिइएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीतिमा एक जनालाई १२ करोड रुपैयाँभन्दा बढी ऋण दिन नपाउने व्यवस्थाप्रति समेत लगानीकर्ताले विरोध जनाउँदै आएका छन्।