May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए आइसीसी महिला संयोजकमा जुनु गुरूङको उम्मेदवारी घोषणा

एनआरएनए आइसीसी महिला संयोजकमा जुनु गुरूङको उम्मेदवारी घोषणा

काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए)को महिला संयोजक पदमा दक्षिण कोरियाबाट जुुनु गुरूङले उम्मेदवारी घोषणा गरेकी छिन् । आगामी अक्टोबर २३ तािरखदेखि २५ तारिखसम्म काठमाडौँमा हुन लागिरहेको एनआरएनएको १० औँ विश्व सम्मेलनमा गुरूङले अन्तर्राष्ट्रिय समन्वय परिषद(आइसीसी) महिला संयोजकमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

गुरूङ संघको अघिल्लो नवौँ विश्व महाधिवेशनमा पनि महिला संयोजकको प्रत्यासी रहेकी थिइन् । उनी सन् २०१७ – २०१९ को कार्यकालका लागि एसिया प्यासिफिक महिला फोरम संयोजक रहेकी थिइन् । उनले विश्वभरका महिलाहरूको सञ्जालालाई विस्तार गर्नु आफ्नो कार्यकालको प्रमुख एजेन्डा रहेको सुनाइन् ।

Advertisement

एनआरएनए नेपालीहरूको साझा संस्था भएको बताउँदै संस्थालाई गतिशील र सबैको अपनत्व ग्रहण योग्य बनाउनुपर्ने गुरूङले बताइन् । उनले मध्यपूर्वमा रहेका महिलाहरूको अवस्था अन्य क्षेत्रका भन्दा बढी चुनौतीपूर्ण रहेको बताउँदै आफूले प्राथमिकताका साथ उनीहरूको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले आइसीसीमा महिलाहरूको शिक्षा, स्वास्थ्य र अन्य क्षेत्रका लागि कोष संकलन गर्ने समेत बताइन् ।