April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ लाजे (लिम्बुवान) र लिम्बु राष्ट्रियता

याक्थुङ लाजे (लिम्बुवान) र लिम्बु राष्ट्रियता

हिन्दुस्थानमा गान्धीले संचालन गरेको भारतछोड आन्दोलन राष्ट्रियताको थियो । प्रकारान्त्ररणमा हिन्दुस्थान भारत, पाकिस्थान र बंगलादेश तीन टुक्रामा विभाजित भयो । निश्चय नै सिक्किमका लेन्डुपभन्दा राजा चोग्याल चलाख र राष्ट्रवादी थिए । तर बहुसंख्यामा रहेका नेपाली भाषी र लेप्चाहरुलाई बेवास्ता गरेकै कारण सिक्किम विश्वको मात्रचित्रमा आफै हराएर गयो । रमाइलो पक्ष त्यहाँका जनता भारतीय नागरिक भएकामा आत्मग्लानी गर्दैनन् ।

वास्तवमा राष्ट्रवाद सही अवधारणा होइन । राष्ट्रवादी मान्छे बझाउने बीउँको काम गर्छ । पछिल्लो समय नेपालमा राष्ट्रियता बारेमा चर्का बहसहरु चलिरहेका छन् । राज्यले हरेक जातजातिहरुको राष्ट्रियतालाई समयमा ठीक तरिकाले बुझेर सम्बोधन गरेन भने नेपालपनि हिन्दुस्थान र सिक्किम नहोला भन्न सकिन्न । यसको सही जवाफ अखण्ड नेपालको दुहाई दिनेहरुसंग हुनुपर्छ । के उनीहरु फलानो दिन महा भूकम्प आएर यति धनजन क्षति हुन्छ भनेर भविष्यवाणी गर्न सख्छन् ? तसर्थ यहाँ चर्चा गर्न लागिएको राष्ट्रियताको बहस अखण्ड नेपालको होईन ।

Advertisement

नेपाली भाषा र हिन्दू धर्मको राष्ट्रियता

नेपालमा सयौं जातजातिका भेष—भूषा, धर्म, संस्कारहरुलाई अलग गरी केवल नेपाली भाषा र हिन्दूधर्मको नाममा राष्ट्र निर्माण गर्न प्रयास गरियो । समस्याको गाँठो यहीनिर छ । वितेका अढाई सय वर्षदेखि हिन्दू धर्म ग्रन्थले खानपिन, शिक्षा, कामकर्मको बाँढफाँडदेखि सजायको किसिमपनि जातभात र लिंगको आधारमा निर्धारण गरी राज्यको सम्पूर्ण शासन प्रणालीलाई दिशा निर्देश गरेको पाईन्छ । राणा, पञ्च, कांग्रेस, कम्यूनिस्ट सबैले राष्ट्रियताको आधार हिन्दू धर्म र नेपाली भाषालाई माने । पञ्च र कांग्रेस त झन राजालाई राष्ट्रियताको प्रतीकको रुपमा ग्रहण गरे र यो क्रम अझै कायम छ । कम्यूनिस्टहरु विगत छ दशकदेखि भारत खासगरी सन् १९५० संधिको चर्को विरोधलाई राष्ट्रियताको रुपमा प्रयोग गरिरहेका छन् ।

गृहमन्त्रालयले जारी गरेको नागरिकताकै आधारमा डोल्पाबासी थिन्ले लेण्डुप लामाको राष्ट्रियता कसरी नेपाली मान्नेरु उनी नेपाली भाषा बोल्दैनन्, नत हिन्दू धर्ममा आस्था छ । सबैले देखेकै हो कि शासकहरु हिमाल पारिको डोल्पा चिन्दैनन् । खासमा राज्यले लादेको कथित नेपाली भाषा, धर्म, भेषभुषासंग थिन्लेको गोरु बेचेको साईनो छैन । नयाँ नेपालमा पुरानो मोडल राष्ट्रियताको काम छैन । आप्mनै फरक भाषा, संस्कृति, संस्कारजस्ता जातीय पहिचान बोकेका हरेक जातजाति वा समुदाय आफै राष्ट्र हुन् ।

लिम्बु राष्ट्र र नेपाली नागरिकता

इखावू तम्वोर खोला ताप्लेजुङका लावुङ लिम्बूहरु नेपाल, भारत, चीन वा अरु कुनै देशको नागरिगता लिएर बस्नुमा कुनै फरक पर्दैन । उनीहरुको पहिचानको कसले सुरक्षा गर्छ त्यो प्रमुख हो । यद्यपि यही भूगोल भित्र नेपाली नागरिक भएर बस्न नचाहाने कमै होलान् । तर विद्यमान बवुरो नेपालीपनलाई वास्तविक नेपालीपनमा रुपान्तरिक गर्न राज्यले पहल नगरे जेपनि हुन सक्छ ।

नेशन (राष्ट्र)को अर्थ देश होईन । शब्दकोषहरुमा पनि त्यसरी नै व्याख्या भएको पाईन्छ । जस्तो संयुक्त अधिराज्य बेलायत एउटा देश हो, जुन अंग्रेज, वेल्स, आईरिस र स्कट फरक राष्ट्र÷जातिहरु मिलेर बनेको छ । जर्मन, फ्रान्सीस तथा इटाली भाषी राष्ट्रियताका नागरिकहरुलाई एउटै भूगोलभित्र समाहित गरेर बलियो देशको रुपमा स्वीट्जरल्याण्डलाई लिन सकिन्छ ।

ती देशहरु बलिया हुनुका प्रमुख कारण राज्यका हरेक अवसरहरुमा समान सहभागीता गराई उनीहरुका सहअस्तित्वलाई स्वीकारियो । म आफै पान्थरको लिम्वू । मलाई बवुरो नेपाली राष्ट्रियतामा कहिल्यै आत्मगौरव भएन । तर मेरै सहोदर दशगजा पारीका लिम्वूहरु आफनो राष्ट्रियताको सवालमा कहिल्यै हीनता वोध गरेनन्, चाहे सिक्किमको नागरिक भएर होस वा भारतको । हामी आआफ्नै थातथलोमा छौं । उताकाले राज्यसंगै जातीय, भाषिक, सांस्कृतिक तथा पुख्यौली परम्पराजस्ता जीवनशैलीका पहिचानहरुलाई अविछिन्न विकास गर्न पाए । म बवुरो, मेरै पुर्खाले उर्बर गरेको जमिनमा दोश्रो नागरिक भएको छु । अर्थात राज्यको मूलधारबाट अलग छु । सुदाप छथरका “खेवा लिम्बू” बेलायतको पासपोर्ट लिदैमा किमार्थ ब्रिटिश हुँदैनन् । उ केवल यहाँको नागरिक हो । उसको ब्रिटिश नागरिकताको सान्धर्भिकता यहाँ विना छेकथुन रोजगारको अवसर, वालिग मताधिकार वा राज्यले प्रदान गरिने विविध सुविधाहरु निर्वाध उपभोग गर्नु बाहेक अरु काम छैन । नागरिकता राज्यले प्रदान गर्ने कुरा हो । तर राष्ट्रियताको सम्बन्ध व्यक्तिको पहिचानसंग हुन्छ । राष्ट्र कसैले दिएर दिने वस्तु होईन ।

लिम्बूहरुको देश नेपाल हो तर हामीलाई नेपाली हुँ भनेर गौरव हुने गरी राज्यले कहिल्यै हेरेन । सगरमाथा, वुद्ध, नेपाली भाषा, गीता, पुराण, जनक, सिता वर्तमान नेपालको साँधसिमानासंग हाम्रो संबन्ध छैन । किनकि तिनिहरुले हाम्रो पहिचानको सुरक्षा कहिल्यै गरेन । हाम्रो राष्ट्रियता नेपाली नभएर लिम्वू हो । नेपाली राष्ट्रियता राज्यले हामीलाई जवरजस्ति बोकाएको भारी हो । राज्यले मान्छे चिन्नका लागि नागरिकता बाहेक केही दिएको छैन । जाबो नागरिकता त जुन देशलेपनि दिन सक्ला । भोली अर्को पृथ्वीनारायण शाह आएर अर्कै नागरिकता दिएमा त्यसको अर्थ केरु सिधा भाषामा भन्दा, लिम्बू आफैमा एउटा समुन्नत राष्ट्र हो र उनीहरु सर्फि नेपाली नागरिक मात्र हुन् ।नेपालमा बस्ने सबैको राष्ट्रियता नेपाली भनेर राजनीतिक विज्ञानका पण्डितहरुलेसमेत स्वीकारदैनन् । कांग्रेस कम्यूनिस्ट वा जनजातिको चस्मा लाएर राष्ट्रियताको किता छुटाउने अधिकार कसैलाई छैन । अर्थात राष्ट्रियता एक अंगालो स्वास्नी, सुरक्षित घर—जागिर, अमेरीकाजस्तो वलियो आर्थिक, राजनीतिक क्षमतापनि होइन, नत देशको साधसिमाना, सार्वभौमसत्ता यसका सर्त हुन सक्छन् । राष्ट्रियता नेपाली भाषा, हिन्दू धर्म र देशको साँध सिमानामा मात्र खोज्नु भएन । स्वाधिन र अखण्ड नेपालको नारा कसैले शंख फुकेर, खुलामञ्चमा भारतको विरुद्धमा चर्को भाषण गर्दैमा नेपाली राष्ट्रियता जोगिनेपनि होईन ।

मानवशास्त्री डा. डम्बर चेम्जङ भन्छन्ः

नागरिकता Citizenship राज्यले प्रदान गर्ने कुरो होईन । कुनै व्यक्ति नागरिक हुनुको सान्धर्भिकता राज्यसंग उसको प्रशासनिक व्यवस्थापकीय अनि औपचारिक रोजगारीमा प्रवेश, विकास, वृहत्तर राजनीति जस्ताले प्रष्ट पार्दछ । तर राष्ट्र ल्बतष्यल देश वा राज्यले दिने कुरो होईन । यो आप्mनो समाज र संस्कृतिबाट प्राप्त हुने विरासत हो । राष्ट्र निर्माणको सुरुवात व्यक्ति जन्मन्नुसंगै परिवारभित्रबाट हुन्छ ।राष्ट्रियतालाई सतहमा बहस गर्दा साम्प्रदायिको लेवल लगाउने संस्कार छ । पुँजीवाद दार्शनिकहरुले पनि राष्ट्रियताको त्यसरी नै व्यख्या गरेको पाईन्छ । लिम्बूहरुको साम्वा, यवा फेदाङमा आदिबाट सम्पन्न गरिने पूजाआजा पर्व अनुसारका विविध मुन्धमहरु, जीवनजगतका सृष्टि र तिनको निरन्तरताले लिम्बू राष्ट्रको नर्माण र निरन्तरता दिने चेम्जङको विचार डार्विन वाजेको मानव विकासको सिद्धान्तलाई लाहाछाप लगाई दिएको छ ।

पहिलो सर्त याक्थुङ लाजे लिम्बुवान

फरक भाषा, लिपी, मुन्धुम, संस्कार, संस्कृति, सभ्यता, ऐतिहासिक पृष्टभूमि बोकेका लिम्बू जाति आफैमा एक राष्ट्र हो । लिम्बुवान कुनै काल्पनिक भूगोलको नाम होइन । हाम्रा पुर्खाहरुले इतिहासको कालखण्डमा अनेकौं हावाहुण्डरी, हिंस्रक जनवार, प्रकृति प्रकोपहरुको विरुद्ध संघर्ष गर्दै मान्छे वस्न योग्य वनाएको माटोको नाम हो ‘लिम्बुवान’ । रोजिरोटी, राजनीतिक अधिकार वा कुनै पार्टीको भोट बैंक हुनै सक्तैन यो माटो । लिम्बूहरु विना सर्त नेपाली नागरिक भएर वस्नुको औचित्य छैन । लिम्बुवान यसको पहिलो सर्त हो । लिम्बुवानका लिम्बूहरुलाई लिम्बू राष्ट्रियताको खिलापमा संझौता गर्न वाध्य पार्न कसैले नगरे हुन्छ । त्यसो भन्दैमा लिम्बुवान कुनै एक जातिको संप्रदायिक अखडा कदापि हुने छैन । वर्तमान ब्राम्हमणवादी शासकहरले जस्तो लिम्बुवानमा तोकिएकै भाषा वोल्नैपर्ने तोकिएकै धर्म मान्न पर्दैन । लिम्बुवानमा हरेक जात—जाति, धर्म, समुदायहरुले आफ्नो भाषा, धर्म, संस्कृति, परम्परालाई आफ्नै किसिमले निरन्तर विकास गर्न पाउछन् ।

रहलपहल

भोलि नेपाल नरहन सक्छ । तर तमू, खम्बू, लिम्बू, नेवा राष्ट्रहरु कहिल्यै मेटिदैनन् । दोस्रो युद्धपछि क्रोसिया, युक्रेन, मेसोडोनिया, स्लोभाकिया, जर्जिया, उज्वेकिस्तान, बेलारुस, इस्टोनिया, सर्विया दर्जनौं राज्यहरु थिएनन् । तर उनीहरु राष्ट्रका रुपमा थिए र आज राज्यसमेत प्राप्त गरेकाछन् । कुर्द आफैमा एउटा विशाल राष्ट्र हो, भलै इराक, टर्की, इरान र सिरियामा तीन करोड कुर्दहरु राज्यविहिन अवस्थामा छन् । धादिङ, गोर्खा, मकवानपुर, चितवानबासी चेपाङहरुको मालपोत कार्यालयमा जग्गा दर्ता नभएपनि उनीहरुले राष्ट्रीयतालाई जिवन्त राखेकै छन् । कुर्दहरुका अतिरिक्त तामिल, नागा, जुलु, इनकाथा, तुरेग्स्, थारु, मगर, तामाङ, चेपाङ, हुतु, तुत्सी, मसाई, जिप्सी, आईरिससंग राज्य नभएपनि उनीहरु आफैमा राष्ट्र हुन् ।थप कुरो बुझ्न यहाँ राम्ररी आँखा खोलेर हेरौं । भाषा, रहनसहन, भूमि चराचर जगत, संस्कृति र समाजबाट राष्ट्र निर्माण हुने हो । राज्य वा देश भनेको राष्ट्र होइन र राष्ट्र मात्र भन्नुलेपनि राज्य बझाउदैन । राष्ट्र भनेको मूलतः समाज र संस्कृति निर्माण हो । आफ्नो समाजको आत्मा निर्माण गर्नु हो । अरुका पुच्छर भएर काम गर्ने आदिवासी जनजातिका राजनीतिक कर्मीहरुले बुझ्न के जरुरी छ भने, राष्ट्रियता विपिको समाजवादले दिंदैन नत प्रचञ्डको साम्यवादले । राष्ट्रियता पहिचानको स्रोत भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता, परम्परा इतिहास, जातीय गौरवहरु हुन् । माओवादी र अन्य दलका आदिवासी जनजातिका दुई तिहाई सभासदहरुले राज्य पुनर्सरचना तथा राज्य शक्ति बाँडफाँड समितिले प्रस्तुत गेरको “पहिचानसहितको संघीय १४ प्रदेशमा” मतदान गर्ने निश्चित भएकै कारण खासगरी एमाले र नेपाली कांग्रेसको षडयन्त्रले संविधानसभाको अवसान भयो । आसन्न संविधान सभालाई आफ्नै पक्षमा पार्ने, नभए २०४७ को संविधान फर्काउने दाउमा तिनै दलका नेताहरु खुलेरै लागि परेकाछन् । पहिचानसहितको संघीयता विरोधीहरुले के हेक्का राख्नु पर्छ भने अझैपनि सबै जातजातिका राष्ट्रियतालाई स्वीकार गरिएन भने सयौं वर्ष किन नलागोस पीडितहरुले छाड्ने वाला छैनन् । संघीय राज्य हुँदा मुलुक टुक्रिन्छ भन्ने टपरटुइँये पण्डितहरुलाई के थाहा हुनु पर्छ भने अर्को दुई सय वर्ष आप्mनै माटोमा दोश्रो दर्जाको नागरिक भएर वस्नु भन्दा आत्मा निर्णयको अधिकार प्रयोग गरी अलग भएर वस्न सक्छन् ।

(मिकफुला लाजे २०१३ बाट )