May 13, 2024, Monday
२०८१ बैशाख ३१, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
देश बोल्ने कथा संग्रह – पथेर

देश बोल्ने कथा संग्रह – पथेर

श्याम शाह कृत ‘पथेर (इँटाको आकृति दिने व्यक्ति/मजदुर)’ इँटा भट्टामा काम गर्ने आम मजदुरहरुको कथा जस्तो लागेता पनि देशको राजनैतिक परिस्थिति र अवस्थाको मिहिन चित्रण गरिएको कथा संग्रह हो । ११ वटा कथाहरु यस संग्रहमा समेटिएका छन् ।

जायठ–

Advertisement

यस कथामा प्राकृतिक दोहनले पर्यवरणमा कस्तो असर पार्छ देखाएको छ । अन्धविश्वासले मान्छेलाई के मान्छे नै भएर बाच्न दिन्छ त ? प्रश्नहरु उठाईएको छ । नेता, कर्मचारी, ईन्जिनियर, प्रहरी, प्रशासण र ठेकेदारको मिलेमतोमा देश कता गईरहेको छ ? गरिव दुःखी र जातको आधार सानो बनाईएकाहरुको अवस्था के छ त्यसालाई केस्रा केस्रा कोरेका छन् यस कथामा लेखकले ।

मंगलरामको झोला–

जनयुद्धको समयमा राज्यबाट जनताले शुरक्षा पाए की दुःख ? जयरामको झोलालाई बम देख्ने तत्कालीन सत्ताको चरित्रको विषयमा लेखिएको छ यस कथामा ।

बिपटा–

अन्धविश्वासमा अडिएको संस्कारलाई ब्यापारमा परिणत गर्न खोजिएको र त्यसले दिएको परिणामलाई यस कथाले बोल्न खोजेको छ ।

छठ–

मधेशका तल्लो जात भनिएको डुम जातीको कथा हो । कहानी हो । एउटी श्रीमतीले श्रीमानलाई कति धेरै माया गर्न सक्छ । त्यो के पुरुषमा हुन सक्छ ? र विज्ञानत प्रकृतिको बनावाटको विषयलाई उठान गरिएको कथा हो ।

मिनाक्षी–

यो दमदार कथा हो । एउटा परवासीको कथा हो । आमाको महत्व कति हुन्छ ? आमाको महत्व बोलेको कथा हो । डिप्रेशनले मान्छेलाई के गराउँछ वा बाउँछ त्यो समेटिएको कथा हो ।

पञ्चायत–

प्रहरी प्रशासन मात्र नभएर राज्यको कानुण नै पैसामा मोलमोलाई गरेपछि सामान्य जनताले के न्याय पाउँछ ? राज्यको चत्रि चित्रण गएिको कथा हो यो ।

सोनेलालको सैलुन–

सामान्तवादी/हैकमदार, रकमी ‘सुवलाल’ एउटा आम समाजमा रहेको अग्रनी ब्याक्ति वा नेतृत्वको अनुहार देखाईएको छ । देश गणतान्त्रीक मुलुक भनिएता पनि देशको अवस्था सामान्तवादी युगमा नै रहेको यस कथाले प्रष्ट पार्दछ ।

टु ट्वन्टी–

मधेशमा विकृतिको रुपमा रहेको दाईजो प्रथा/संस्कारलाई छलङ्गै पारेको छ यस कथाले ।

समीक्षक काङमाङ राई ।

बिलेकिया–

भन्सारमा भईरहेको र हुने गरेको दुई नम्बरे धन्दाको विषयलाई उल्लेख गरेको कथा हो ।

नाकाबन्दी–

नेताको चरित्र चित्रण गरिएको छ यस कथामा । जनयुद्ध हुँदै मधेश आन्दोलन र हरेक आन्दोलनहरुमा प्रयोग भईरहने ‘कुसे’हरुको कथा हो । नेताले नै जन्माउँछन् ‘कुसे’हरु र उनीहरुले नै किन सफाय गर्छन् भन्ने विषयमा बृहत लेखिएको कथा हो यो । यो कथाले पढ्दा मधेश सबै भन्दा ठुलो अपराधको केन्द्र भन्ने पनि लाग्न सक्छ ।

पथेर –

इँटा भट्टामा काम गर्ने मुसहर (जाती) मजदुरहरुको कथा हो । माटोको आनीबानी थाहा पाउने र माटोसंग सम्बात गर्ने मुसहर किन इँटा भट्ट छोड्न बाध्य हुन्छन् । धर्मले मान्छेलाई कस्तो बनाउँछ ? धर्मको नाममा भएका कलकारखाना वा कम्पनीहरुले के को ब्यापार गर्छ ? ईतिहास, बर्तमान र भविष्यमा देशको लागि घातक हुन सक्छ भन्ने गम्भिर संकेत गरेको छ यस कथाले । आम निजामहरुको, कासिमहरुको र बाल मजदुरहरुको विषयमा लेखिएको कथा हो पठेर ।

नयाँ कृति प्रकाशित गर्नु भएकोमा कथाकार श्याम शाह र प्रकाशन हाउस फिनिक्स्लाई हार्दिक बधाई ।

(लेखक युद्ध साहित्यका एक मुख्य अभियन्ता हुन् ।)