May 13, 2024, Monday
२०८१ जेष्ठ १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
आदिवासी जनजाति महासङ्घ साउदी पुनर्गठन, अध्यक्षमा खेम तमु

आदिवासी जनजाति महासङ्घ साउदी पुनर्गठन, अध्यक्षमा खेम तमु

दमाम (साउदी अरब) । आदिवासी जनजाति महासङ्घ, राष्ट्रिय समन्वय समिति साउदी अरब पुनर्गठन भएको छ । २७ अगस्ट शुक्रबारका दिन साउदिको अल-खोबर स्थित क्लासिक रेस्टुरेन्टमा सम्पन्न भएको थियो ।

उक्त पुनर्गठन भेलाले खेम तमुको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति चयन गरेको छ । बरिस्ठ उपाध्यक्षमा नवराज योन्जन तामाङ, उपाध्यक्षहरूमा भिमसरी पुन मगर, लालबहादुर मगर र बसन्त चेन्जी माबो चयन भएका छन् । महासचिवमा रोशन श्रेष्ठ, उपमहासचिवमा रबिन थुलुङ राई, सचिवमा सुमन सहयात्री योङहाङ, कोषाध्यक्षमा चित्र कुमार चाम्लिङ, सह-कोषाध्यक्षमा ओमबहादुर कुमाल, सह सचीवमा मोति चेम्जोङ र प्रवक्तामा विजय लामा रहेका छन् भने सदस्यहरूमा जितमान गुरुङ, दुर्गा आले मगर, मित्र मणि राई, भिमा लिम्बू, प्रेम इजम लिम्बू, बलबहादुर कुमाल, अकल प्रधान, अन्जान गुभार्जु, राममाया तामाङ, मिना तामाङ, राज श्रेष्ठ, भिम मगर र पुष्पा राई चयन भएका छन् ।

Advertisement

पुनर्गठन भेला ।

नेपाली दूतावास रियादका श्रम काउन्सिलर जिवनकुमार राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा क्रमश बिशिष्ट अतिथिहरू नेपालि दुताबास रियाद पुर्व क्षेत्रका स्थानीय जनसम्पर्क अधिकारी हरिप्रसाद घिमिरे, नेपाल आदिवासी जनजाति महासङ्घ नेपालका केन्द्रिय अध्यक्ष जगत बराम, साउदीका संस्थापक अध्यक्ष केशरमान गुरुङ र अतिथिहरूमा अन्तर सस्था समन्वय समिति साउदि अरबका अध्यक्ष श्रीकृष्ण पुरी, आप्रवासी कामदार समाजका धरम केसि, दिदि बहिनि समुहका अध्यक्ष तुलशीमाया गुरुङ, एकिकृत राष्ट्रिय बिश्वकर्मा समाज साउदिका अध्यक्ष टेकबहादुर बिश्वकर्मा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रिय सदस्य श्री यवा लिम्बू लगायत साउदिमा कार्यरत अन्य विभिन्न संघ संस्थाहरूलाई भर्चुअल मार्फत कार्यक्रममा शुभकामना व्यक्त गरेका थिए ।

आदिवासीहरूको अस्तित्व, पहिचान, भाषा, लिपि, संस्कार,संस्कृतिहरूको संरक्षणको लागि स्थापित आदिवासी जनजाती महासङ्घ साउदी अरब सन् २००५ मा स्थापना गरिएको थियो । तर, सन् २०१२ देखि महासङ्घ निष्क्रिय रहेको थियो । नेपाल आदिबासी जनजाती महासंघ राष्ट्रिय समन्वय समिती साउदी अरबको संरक्षक समितीमा ओम घले, जेन कुमार लामा र श्रीप्रसाद यावा लिम्बू रहेका छन् भने सल्लाहकार समितिको प्रमुख सल्लाहकारमा बिरेन्द्र चौधरी, सल्लाहकारहरूमा प्रेम सिन्जाली मगर, राजेश सेन्दाङ, लिम्बु सुर्य श्रेष्ठ, जयदेव चाम्लिङ राई, नारायण गुरुङ्ग र तुलशी माया गुरुङ्ग चयन भएका छन् ।