April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली मेलामा किरात राई यायोखा बेलायतको सांस्कृतिक आकर्षण

नेपाली मेलामा किरात राई यायोखा बेलायतको सांस्कृतिक आकर्षण

बेलायतमा वर्षेनी हुने नेपाली मेलामा विभिन्न संस्कार, संकृति र परम्परा झल्काउने मौलिक परमपरागत सांस्कृतिक झांकि तथा नितृ प्रदर्शन प्रमुख आकर्शनको रूपा प्रस्तुत हुने गर्दछ। तमुधी यूकेद्वारा आयोजित यस नेपाली मेलामा प्रत्येक वर्षबेलायत जातजातिसँग सस्था लगायत समुदायले आ-आफ्नो मौलिक संस्कार संकृती झल्काउने पौरानिक सामाग्रिहरूको साथमा साँकृतिक नॄत्य प्रदर्शन हुने गर्दछ र उत्कृष्ट प्रदर्शन गर्ने संग सस्था वा समुदायलाई पुरस्कृत पनि गर्ने गरिएको छ।

पहिलो पटक सहभागी जनाएका किरात राई यायोक्खा बेलायतले प्रस्थुत गरेका सांस्कृतिक झांकी तथा नॄत्य सबैको लागि रोचक रमाइलो र प्रमुख आकर्शनको रूपमा देखिएको थियो भने उपस्थित सबैले किरात राई यायोखाले गरेको प्सांस्कृतिक झांकि तथा निर्त्य प्रदर्शनमा अन्य गैर राई तथा बेलायत जात जाति समुदायले रोचकता पुर्बक मनोरञ्जन लिएका थिए।

Advertisement

उक्त झाकी प्रदर्शनमा किरात राई यायोक्खा यूके समग्र प्रतिस्पर्दामा दोस्रो स्थान र नाच तथा नॄत्यमा तेस्रो स्थान हासिल गर्न सफल भएका छन। अन्तयमा प्रतिसपर्दाी कलाकारहरु बाहेक उपस्थित किरात तथा गैर किरातहरुलाई समेत आफ्नो साकेला नाच नाचाएर मनोरन्जन गरेका थिए।