May 16, 2024, Thursday
२०८१ जेष्ठ ३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
हुक्पा चोङवाङ कल्याण संघ युकेको चौथो अधिवेशन सम्पन्न

हुक्पा चोङवाङ कल्याण संघ युकेको चौथो अधिवेशन सम्पन्न

युकेवासी हुक्पा चोङबाङ परिवारको छाता संस्था हुक्पा चोङबाङ कल्याण संघ युकेको चौंथो अधिवेशन सम्पन्न भएको छ ।

चौथो कार्य समितिको कार्यकालमा निधन भएका १४ जना दिवंगतहरुको सामूहिक तस्वीरमा सभामा उपस्थित ज्येष्ठ सदस्य श्री सेर हुक्पा चोङबाङ द्वारा माल्यार्पण एवम् सल्लाहकार श्री बौद्धमान हुक्पाद्वारा दीपप्रज्ज्वलन गरिएको थियो ।

Advertisement

अध्यक्ष श्री गोकर्ण हुक्पा चोङबाङ बाट कार्य प्रतिवेदन, कोषाध्यक्ष श्री जुद्द बहादुर हुक्पा चोङबाङबाट आर्थिक प्रतिवेदन प्रस्तुत र सचिव श्री सुरेश कमार हुक्पा चोङबाङ बाट प्रस्तुत विभिन्न एजेण्डाहरुमा छलफल पश्चात पहिलो सत्र अन्त भएको थियो । निर्वाचन मण्डल अध्यक्ष बौद्धमान हुक्पा चोङबाङले बिगठित कार्य समितिलाइ धन्यावाद ज्ञापन गर्दै दोश्रो सत्र सुरु भएको थियो ।

पाँचौं कार्य समितिको लागि प्रस्तुत प्रस्तावित नामावली सर्बसम्मतिमा सुरेन्द्र कुमार हुक्पा चोङबाङको अध्यक्षतामा ७ सदस्यीय स्थायी समिति र १० सदस्यीय पुऱ्ख्यौली गाउॅं अन्तरगत प्रतिनिधि सदस्यहरु छन् ।

स्थायी समिति अध्सक्षमा सुरेन्द्र कुमार हु. चोङबाङ, उपाध्यक्षमा अमरजंग, दुर्गा पाङमा, सचिवमा जुद्द बहादुर, सह सचिवमा वीर बहादुर, कोषाध्यक्षमा मान, सह कोषाध्यक्षमा खडगराज छन् ।

गाउॅं अन्तरगत प्रतिनिधि सदस्यहरुमा श्रीजुङबाट कुबेरसिंग, सेखिम्बा/पौंठाकबाट गोकर्ण, जलजले निंगालेबाट उत्तम, इसिवोबाट विरनरसिंग, सम्दु/संगपुबाट जिवन कुमार ,खाम्लालुङबाट योगेन्द्र छन् ।