April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली मेलामा एनआरएनए इङ्ग्ल्याण्डको भव्य सहभागिता

नेपाली मेलामा एनआरएनए इङ्ग्ल्याण्डको भव्य सहभागिता

अगष्ट, लन्डन । आइतबार २०२१ मा तमुधी यूके को आयोजनामा सम्म्पन्न “नेपाली मेला” बेलायतमा बसोबास गर्दै आएका सबै जसो नेपालिहरुको प्रतिनिधित्व गर्ने परम्पराको रुपमा मानिदै आएको मेला हो । 

यो मेलामा नेपालको झल्को दिने खालको मात्र नभई  हिमाल, तराइ, पाहडका गाउघरहरूको परम्परा, रीतिरिवाज, तथा विविध जनजाति विशेषले मनाइने बिभिन्न नाचगान र झांकीहरु, नेपाली पन्चेबाजा, नेपाली बजारमा पाइने नेपाली होममेड सामानहरुको स्टलहरु, नेपाली खानाहरु मोमो-छोयला-भुटूवा-चटपटा- सेल रोटी-अचार लगायत बिबिध  खानाहरुको दुकान जस्ता धेरै कुराहरु उपलभ्द हुनेगरि एकै ठाउमा नेपालको झल्को मेटिने योमेलाको आयोजक टिमलाई उत्साह र प्रोत्साहन  दिनकोलागी एन आर एन इन्गल्याणड राज्य समन्वय परिषद यूके ले यो कार्यक्रममा प्रदान गरिने दोस्रो पुरस्कारको (तीन सय पाउण्ड) स्पोन्सर गरेर आत्मीय योगदान गरेको थियो ।

Advertisement

नेपाली मेलामा सहभागिता जनाउँदै एनआरएनए इङ्ग्ल्याण्डको टिम ।

कार्यक्रममा एन आर एन इन्गल्याणड राज्य समन्वय परिषद यूकेका अध्यक्ष श्री लाल बहादुर गुरुँग, नेपाली भेषभुषा, कला-सस्कृति को जगेर्णा गर्दै नयापुस्तालाई अफ्नो यो नासो जिबितै सुम्पनू पर्ने बिशयलाई उच्च महत्व दीदै ब्यानर प्रस्तुतीका साथ कार्य समितिका उपाश्यक्षा श्री भक्त दर्जी, सचिव श्री राम प्रसाद पन्थी, सहसचिव श्रीमती अन्जु सुवाल, सदस्य सुरेन्द्र इङनाम, सदस्य डा. बिशाल गुरुँग कार्यक्रममा सहभागी हुनु भएको थियो । सदस्य श्री बिशाल गुरुँग यो कार्यक्रमका युवा संयोजक पनि हुनुहुन्थ्यो र सहसचिव श्रीमती अन्जु सुवाल काठमाण्डौको परम्परागत धीमे बाजागाजा सहित मछिन्द्रनाथको सास्कृतिक झाकी सहित लाखेनाच लिएर उक्त मेलामा प्रस्तूत भएकी थिइन् ।अध्यक्ष एल बि गुरुँगले अगाडी जोड़ दीदै भन्नू भयो “भाषा, भेषभुषा, कला र सस्कृति यि सबै, सभ्यता र पहिचान का ढुकढुकि हुन यसको जगेर्णा गर्नु हामी सबैको कर्तब्य हो र यो नासो जिबितै नया पुस्तालाई हस्तांतरण गरौ” ।

यस्ता कार्यक्रमहरूमा बिशेष गरि उध्योग ब्याबसायी र पेशाकर्मी नेपाली हरुले तन, मन र धन ले सहयोग गर्नु पर्ने र सामाजिक अभियन्ताहरुले आम नेपालिलाई कार्यक्रममा जतिसाक्दो ठूलो सहभागिता गराउनमा योगदान गर्नु पर्ने, संचार क्रमिहरुले पनि जति सक्यो सबै प्रस्तुती हरुलाई बिशेष महत्व दिएर श्रब्य दृस्यहरु खिचेर बिश्वसामू पुर्याउनुमा योगदान गर्नु पर्ने मा जोड़ दिए । कार्यक्रममा पुर्ब गोर्खाहरुको उपस्थिति, कार्यक्रमहरुको प्रस्तुती र कार्यक्रम ब्यबस्थापनमा गरेको योगदानलाई सबै नेपालिहरुले सलाम गर्नुपर्ने भन्दै पुर्ब गोर्खाहरुका हरेक शुख दुखमा साथ दिने प्रतिबध्धता जनाए ।