May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘लकडाउनमा सर्जक र सिर्जना’को विमोचन हुँदै

‘लकडाउनमा सर्जक र सिर्जना’को विमोचन हुँदै

मोरङ, भदौ । “लकडाउनमा सर्जक र सिर्जना ” नामक पुस्तक लोकार्पण हुने भएको छ ।

कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण बढेसँगै नेपाल सरकारले पनि लकडाउन सुरु गर्‍यो । मानवीय रुपमा ज्यादै ठूलो क्षति विश्वले बेहोर्नुपर्‍यो। समाधान त भएन तर केही हदसम्म सङ्ंक्रमणलाई रोक्न भने सकियो ।

Advertisement

नेपाल सरकार लगायत अन्य राष्ट्रहरूले यसैलाई जित मान्दै आईरहेका पनि देख्न सकिन्छ । कोभिड –१९ को सङ्क्रमण बढेसँगै मानिसहरूको जीवनको सबैजसो पाटोलाई प्रत्यक्ष असर गर्‍यो। जसमध्ये एक हो साहित्य ।

लकडाउन सुरु भएसँगै साहित्यिक गतिविधि हुन छाडेपछि विकल्पमा पूर्वमा पत्रकारिता तथा साहित्यमा आफ्नो कुसल छवि बनाउन सफल प्रकाश दिप्साली मार्फत संचालनमा आएको “लकडाउन शृङ्खला” सुरु गरेका थिए । उक्त शृङ्खलाद्धारा विश्वव्यापी रुपमा छरिएर रहेका सर्जकहरुका सिर्जनालाई संकलन गरि सर्जकको परिचय सहित शृङ्खलावद्ध रुपमा सामाजिक संजालमार्फत प्रस्तुत गरिएको थियो । दिप्सालीकै सम्पादनमा ती ११० सर्जकका सिर्जनालाई पुस्तकको रुपमा प्रकाशन गरिएको छ । उक्त पुस्तकको लोकार्पण कार्यक्रम यहि मिति २०७८ भदौ १९ गते सनिवार हुनेभएको छ ।

सिमित साहित्यकारहरूको उपस्थितिमा सामाजिक दुरि कायम राख्दै र स्वाथ्य मापदण्ड तथा नेपाल सरकारको नियम अनुसार सो कार्यक्रम सम्पन्न गर्न लागिएको दिप्सालीले बताउछन् ।

कार्यक्रममा कविता तथा गजल वाचन हुने भएको छ । कवितातर्फ क्रमशः कवि गगन यक्पाङ्देन, करुणा राई, सुदिप पाख्रिन, नवराज बिस्ट लगायत छन् भने गजलकारहरूमा अस्मिता भट्टराई, हृदय चबेगु, दिवश बलिभद्र कोईराला, लक्ष्मण कटुवाल लगायतले आफ्नो शिर्जना बाचन गर्ने छन् ।

कार्यक्रममा “महामारीमा सिर्जना किन?” सेग्मेन्ट अन्तर्गतको छलफलका लागि लागि कवि मनु मन्जिल, साहित्यिक पत्रकार देबेन्द्र खापुङ, कवि तथा समालोचक मुना राज सेर्मा हुनेछन् भने छलफलको सहजीकरण प्रदिप योङ्हाङले गर्ने भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा आदिवासी जनजाती साहित्यकार महासङ्घ नेपालका अध्यक्ष तथा मदन पहिचान पुरुस्कार बिजेता राजन मुकारुङको उपस्थिति रहनेछ ।

कार्यक्रम धरानको यलम्बर स्मृति भवन, धरान बिजयपुर एफ.एमको तल्लो तल्लामा बिहान ११ः०० बजे सुरु हुने जानकारी स्रोतबाट प्राप्त भएको छ ।

स्रोत :नयाँ अनलाइन