March 25, 2024, Monday
२०८० चैत्र १२, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ युवा मञ्च, काठमडौंको अध्यक्षमा सुहाङ निर्वाचित

याक्थुङ युवा मञ्च, काठमडौंको अध्यक्षमा सुहाङ निर्वाचित

काठमाडौँ । याक्थुङ युवा मञ्च, काठमाडौँको अध्यक्षमा सञ्चारकर्मी सङ्गीता सुहाङ निर्वाचित भएकी छिन् । मञ्चको दोस्रो जिल्ला अधिवशेनले सुहाङलाई अध्यक्षमा चयन गरेको हो ।

शनिबार काठमाडौँको अनामनगरमा सम्पन्न अधिवेशनले सुहाङको नेतृत्वमा १७ सदस्यीय कार्य समिति समेत चयन गरेको छ । समितिको उपाध्यक्षहरूमा असन योङहाङ र चन्द्रकला नेम्वाङ, सचिवमा विजय खुदाङ, सहसचिवमा युवेश सुहाङ, कोषाध्यक्षमा धनेश्वर योङहाङ छन् ।

Advertisement

याक्थुङ युवा मञ्च, काठमाडौँको निर्वाचित कार्य समिति ।

यस्तै, सदस्यहरूमा सूर्य सेलिङ, सञ्जय मादेन, प्रकाश सुहाङ, सरिता कुगेनाम्वा, एलिसा काम्वाङ, दिप्सन आङ्वो, रिजन लिम्बु, सञ्जीव योङहाङ, सुरज मादेन, सरिता खुदाङ र दर्शन लिवाङ रहेका छन् । याक्थुङ युवा मञ्चको स्थापना वि.सं. २०७१ भएको थियो ।