April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सङ्खुवासभा घटनाको अनुसन्धान गर्न सिआइबी टोली मादी जाँदै

सङ्खुवासभा घटनाको अनुसन्धान गर्न सिआइबी टोली मादी जाँदै

खाँदबारी । सङ्खुवासभाको मादीमा एकै परिवारको ६ जनाको हत्या घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली घटनास्थलतर्फ जाने भएको छ ।

सिआएबी प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले घटनाको अनुसन्धानका लागि टोली तयार भइसकेको जानकारी दिए ।

Advertisement

“टोली जान तयार छ, तर मौसमका कारण केही ढिलाइ भइरहेको छ,” महतोले भने, “सम्भवतः आजै टोली घटनास्थलतर्फ जान्छ होला ।” सोमबार बिहान मादी नगरपालिका–१, खोलागाउँका ६ जनाको शव घरभित्र र बाहिर फेला परेको थियो ।

जिल्ला नाका सिल गरेर तालिमप्राप्त कुकुरको सहायतामा अनुसन्धान अधिकृतहरुबाट मंगलबार बिहान ७ बजेदेखि अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले बताए ।

उनकाअनुसार अनुसन्धानका लागि संघीय प्रहरी एकाइ कार्यालय धरानका प्रहरी उपरीक्षक (एसपी) भीम दाहालसहितको टोली घटनास्थलमा छ । आइतबार राति अज्ञात समूहको धारिलो हतियार प्रहारबाट मादी१ का स्थानीय ५८ वर्षीय तेजबहादुर कार्कीसहित एकै परिवारका ६ जनाको हत्या भएको थियो ।