एनआरएनए इङ्ग्ल्याण्ड टोली र दूतावासबीच भेटघाट
लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए), इङ्ग्ल्याण्डका नवनिर्वाचित कार्य समिति र नेपाली दूतावासबीच साक्षात्कार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । एनआरएनए इङ्ग्ल्याण्ड कार्य समितिले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीसँग भेटवार्ता गरेको हो ।
सोमबार केन्सिङ्टनमा भएको परिचयात्मक कार्यक्रममा राजदूत रेग्मीसँग अगष्टमा निर्वाचित भएको कार्य समितिका पदाधिकारी र सदस्यहरूले भेटघाट गरेको सहसचिव अञ्जु कुँवर सुवाल(अहिल्या)ले जनाइन् । टोलीमा इङ्ग्ल्याण्ड राज्य परिषदका अध्यक्ष एलबीजेड गुरूङ, उपाध्यक्ष भक्त बहादुर दर्जी, सचिव राम प्रसाद पन्थी, सहसचिव सुवाल, कोषाध्यक्ष सचिन भट्टराई, सहकोषाध्यक्ष सरोज थापा, सदस्यहरू बलराम सुवेदी र डा. विशाल गुरूङ थिए ।
उक्त कार्यक्रममा लोकप्रिय गायक योगेश्वर अमात्य समेत उपस्थित थिए । भेटका अवसरमा पारेर एनआएरएन इङ्ग्ल्याण्डले नेपाली नागरिकताको प्रावधान सहज पार्न र आन्दोलनरत भूतपूर्व गोरखा सैनिकहरूको मुद्दामा सहयोग गर्न समेत राजदूत रेग्मीलाई अध्यक्ष गुरूङले आग्रह गरेका थिए ।



प्रतिकृया दिनुहोस्