April 15, 2026, Wednesday
२०८३ बैशाख २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको आर्थिक उपसमिति गठन

एनआरएनए यूकेको आर्थिक उपसमिति गठन

लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको आर्थिक उपसमिति गठन भएको छ । कोषाध्यक्ष बिष्णु खरेल को संयोजनमा बनेको आर्थिक समितिलाई गत सोमबार बसेको संघको भर्चुअल बैठकले पास गरेको हो ।

समितिको सहसंयोजकमा सहकोषाध्यक्ष शशांक शर्मा र चार्टर्ड एकाउण्टेण्ट राजेन्द्र सुबेदी छन् भने उपेन्द्र पौडेल सचिव र सुरेन रुपाखेती सदस्य रहेका छन् । समितिको सल्लाहकारमा इञ्जिनियर राजेन्द्र खरेललाई राखिएको छ ।

Advertisement

गैर–आवासीय नेपाली संघ यूकेको विधानका धारा २०.१२ बमोजिम बनेको आर्थिक समितिले कोषाध्यक्षले गरेको आर्थिक गतिविधिहरुको नियमन सञ्चालन गर्ने गर्दछ ।