March 22, 2024, Friday
२०८० चैत्र ९, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा सागर केरुङको युप्पारुङ मनोनीत

क्वालिटी इन्टरटेनमेन्ट अवार्डमा सागर केरुङको युप्पारुङ मनोनीत

काठमाडौ, २५ भदौ । क्वालिटी फिल्मस प्रा.लि. द्वारा आयोजना भएको क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ को टप फाइभ मनोनयनमा लिम्बु भाषाको म्युजिक भिडियो “युप्पारुङ” परेको छ । युप्पारुङ्का लागि भिडियोका निर्देशक सागर केरुङले मनोनयन पत्र पाएको छ ।

चन्द्रकला साँवाको निर्माण रहेको उक्त म्युजिक भिडियोमा अमृता लिम्बू जबेगु र आदर्श आङ्देम्बेले अभिनय गरेका छन भने सञ्जय आचार्यको छायांकन/सम्पादन रहेको छ । प्रेम पन्धाकको शब्द/संगीतमा सुनिता सुब्बा र किरन येक्तेनको स्वर रहेको छ ।

Advertisement

मनोनयन पत्रका साथ निर्देशक केरुङ ।

क्वालिटी फिल्म्सका प्रवन्ध निर्देशक तथा अवार्ड कमिटीका अध्यक्ष उमेश गुरुङअनुसार आगामी असोज पहिलो साता अवार्ड समारोहको आयोजना हुने छ भने समारोहमा वरिष्ठ चलचित्र लेखक, निर्देशक तथा कलाकार तुलसी घिमिरेलाई क्वालिटी इन्टरटेनमेन्ट लाइफटाइम एचिभमेन्ट अवार्ड र म्युजिक डायरी मासिक तथा ईम्युजिकडायरी अनलाइनका सम्पादक तुलसी गिरी ‘भावुक’ लाई क्वालिटी इन्टरटेनमेन्ट रङ्ग पत्रकारिता पुरस्कार प्रदान गरिने छ ।

भिडियो लिङक हेर्नुहोस् –

https://youtu.be/TI631Lj8Iac