April 21, 2024, Sunday
२०८१ बैशाख ९, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
सामाजिक आन्दोलन र लिम्बुवान स्प्रीङ आन्दोलनबारे

सामाजिक आन्दोलन र लिम्बुवान स्प्रीङ आन्दोलनबारे

सामाजिक आन्दोलनकाे महत्त्व हामीले, ‘ब्ल्याक लाइभस् म्याटर’ काे सफलतासँगै आँकलन गर्न थाल्यौं । समग्रमा, देश र समुदायका विकसित रूपहरू सामाजिक आन्दोलनले निर्माण गरेकाे हुन्छ । याक्थुङ् समुदायको विकसित अवस्थाकाे अनुमान, यहाँ चलेका सामाजिक आन्दोलनले निर्धारण गर्छ । आदिवासीहरूकाे अवस्था पनि माैलिक आन्दोलनको उत्पादन र वितरणले निर्धारण गर्छ । तर, कस्मेटिम आन्दोलनहरूले, प्रचारात्मक काम मात्रै गर्छ भन्ने सत्य हामीले भुल्नु हुदैन ।

सन् १७६३ मा, चलेकाे ईङ्ल्याण्डकाे सामाजिक आन्दोलन पेरिस सम्झौतासँगै “जाेन विल्क्स” काे पहिलो सामाजिक आन्दोलन सफलतामा टुङ्गिएकाे थियोे । यसलाई नै समानताको पहिलो सामाजिक आन्दोलन पनि मान्ने गरिएको छ ! तर, सन् १७७८ मेई १० मा, “जाेन विल्क्स” लाई जेल चलान गरियो तर लाखौंको संख्याले आन्दोलन गरेपछि, राज्यसत्ता झुक्दै, ” द बिल अफ राईट्स”काे पाेलिसी निर्माण भएको थियोे । एउटा, सामाजिक आन्दोलन र एउटा व्यक्तिले कति गर्न सक्छ भन्ने राम्रो उदाहरणका निम्ति, माथिको घटनालाई लिन सकिन्छ । त्यसैले, कुनै देश या समुदाय कतिको सफल हुन्छ, त्यस देशको सामाजिक चेतना र आन्दोलनले निर्धारण गर्ने कुरा प्रमाणित हुन्छ ।

Advertisement

बिशेषगरी, लिम्बू समुदायमा भएका सामाजिक आन्दोलनहरूलाई केस स्टडीकाे रूपमा लिन सकिन्छ । उदाहरणका लागि, लिम्बुवान स्प्रिङ आन्दोलनले सामाजिक आन्दोलनको रूप लिन्दै गएको देखिन्छ । हिजोका, येहाङ्, लेप्मुहाङ, सिरिजङ्गा, ईमानसिङ र फाल्गुनन्दका “जेनेटिक मेमाेरी”हरूले, सामाजिक आन्दोलनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा फाइदा पुर्‍याएकाे देखिन्छ । सामाजिक र राजनीतिक आन्दोलनहरू समानान्तर ढंगले अगाडि बढ्ने गर्छन् ! उदाहरणका लागि, अमेरिकीन स्वतन्त्रता संग्राम । अमेरिकीन स्वतन्त्रताको संग्राममा,”जाेन विल्क्स”काे सामाजिक आन्दोलनको ठुलो प्रभाव रहेको थियोे । अहिले, मुक्कुमलुङ नामाकरणकाे बिषयमा हुदै आएको आन्दोलन, तिनै पुर्खाकाे मिम् र जेनेटिक मेमाेरिकाे उपज हाे । साँस्कृतिक सुचना एवम् परावर्तित चेतनाहरू, लिम्बुवानमा मिम् का रूपमा पुस्तान्तरण भएको पाँउछाै । वि.स. १८३१ मा गरेको लालमाेहर सम्झौता आफैंमा अजेय लिम्बूवानकाे दस्तावेज हाे । यो मनाेवैज्ञानिक मिम् लाई जनमानसमा पुर्‍याउन, सामाजिक आन्दोलनको खाँचो रहेको छ ।

प्रदेशको नाम लिम्बुवान राख्नुपर्ने मागसहित अनसन कार्यक्रममा लिम्बुवान स्प्रिङ आन्दोलनकर्मीहरु ।

अन्त्यमा, सामाजिक आन्दोलनहरू ज्ञानमिमांसा र तत्वमिमांसाकाे लेबलमा मिलाउँदै, चेतनाको आलाेकमा आन्दोलन उठाउन जरुरी छ । लहडका निम्ति गरिने, कस्मेटिक आन्दोलनहरूले कतिको प्रचारात्मक काम गरे, लेखाजोखा गर्न आवश्यक छ । लिम्बुवान स्प्रिङ आन्दोलनले, तिम्बुङ पाेखरी बचाउका निम्ति गरेको कांङ्साेरे लङ्मार्च, मुक्कुमलुङ सङ्घर्ष समितिले गरेको आन्दोलन, यूमा साम्याले गरेको साँस्कृतिक जागरणकाे अभियान र किरात धर्म तथा साहित्य उत्थान संघले गरेको भाषिक आन्दोलन । यी, सबै आन्दोलनहरूलाई कलेक्टिभ रूपमा लानु जरुरी छ । युवा पुस्ताबाट चलेको लिम्बुवान स्प्रिङ आन्दोलनले, सेचतनापूर्वक सत्ता निमार्णका तहमा आन्दोलनहरू गर्नुपर्छ भन्ने मत जाहेर गर्दछ र सत्ता निमार्णमा बल प्रयाेगका सिद्धान्तलाई सृजनात्मक ढंगले विकास गर्नुपर्ने तथ्यलाई पनि तपाईहरू माझ राख्दछ ! याे, सामाजिक आन्दोललाई अहिलेसम्मकै गतिलो सामाजिक आन्दोलन मान्न सकिन्छ । एउटा क्रान्तिकारी चेतनाको उपज पनि हाे । आउनुहोस् मिलेर सफल सामाजिक आन्दोलनको विकासमा लागाैं । जित, सुनिश्चित छ ।