May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फेदापको इतिहास विकृत बनाउने गरी गाउँपालिकाले शालिक बनाएको छ – फेदाप समाज

फेदापको इतिहास विकृत बनाउने गरी गाउँपालिकाले शालिक बनाएको छ – फेदाप समाज

पोक्लावाङ (फेदाप) । तेह्रथुम जिल्ला फेदाप गाउपालिकामा निर्माण भैरहेको पुर्खाको स्मारक भनेर प्रचारबाजी गरिएका स्मारकाले इतिहास तथा पहिचान बंग्याएको भन्दै सच्याउन माग गरिएको छ । फेदाप समाज केन्द्रीय सचिव सन्तोष कुरुम्बाङले  प्रेस विज्ञिप्ति जारी गर्दै निर्माणाधीन स्मारकप्रति आपत्ति जनाएको छ ।

जारी प्रेस विज्ञिप्तिमा फेदापको इतिहासमा केहि चासो देखाए पनि पर्याप्त छलफल र अध्ययनबिना हचुवाको तालमा फेदाप गाँउपालिकाले फेदापको पुर्खा भनि स्मारक निमार्ण गरेकोमा हाम्रो गम्भीर ध्यानकर्षण भएको छ उल्लेख छ । फेदापको इतिहास तथा पहिचान झल्काउने फेदापेहरुको पुर्खा भनि निमार्ण गरेको भनिएको स्मारकले फेदापको इतिहासलाई विगारेको, बङगाएको तथा छोट्याएको आरोप छ । स्मारक निमार्ण गर्दा प्रयाप्त छलफल, अध्ययन तथा खोज अनुसन्धान गर्नु पर्नेमा सामान्य सुझबुझ समेत नराखी निमार्ण गरीएको यस स्मारकले फेदापको समग्र इतिहास लाई ओझेल पार्ने भएकाले तत्काल परिमार्जीत गरी पुन निमार्ण गरीयोस भनि यसै विज्ञप्ती मार्फत माग गर्दछौ भनि चेतावनी दिएको छ ।

Advertisement

फेदाप समाजको प्रेस विज्ञप्ति ।

विज्ञिप्तिमा कुनै स्थानिय सरकार तथा व्यक्तिलाई कसैको इतिहास बिगार्ने तथा बङग्याउने अधिकार छैन भन्दै तथर्स यस स्मारक ले फेदापेको इतिहास तथा पहिचान झल्काउने भन्दा पनि इतिहास बिगार्ने तथा बङग्याउने भएकाले यस्तो कार्य नगर्न नगराउन हुन बिज्ञप्ति मार्फत जोडदार माग गर्दछौ भनिएको छ ।