April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जल्यो एमसीसी सम्झौतापत्र इलाममा

जल्यो एमसीसी सम्झौतापत्र इलाममा

इलाम । नेपाल कम्युनिस्ट पार्टिको घोषिसत कार्यक्रम अनुसार आज देशब्यापी रुपमा राष्ट्रघाती एमसीसी सम्झौतापत्र जलिरहेको छ । यही कार्यक्रम अनुसार आज इलाम नगरपालिका स्थित बिब्ल्याटे बजारमा नेपाल कम्युनिस्ट पार्टिका स्थानीय नेता कार्यकर्ताहरु जम्मा भएर सम्झौता पत्रलाई आगो लगाएका छन । एमसिसी बिरुद्ध नाराबाजी गर्दै कोण सभा भएको छ ।

कोणसभालाई संबोधन गर्दै युवा संगठन इलामका संयोजक तथा पार्टिका इलाम नगर सेक्रेटरी बिद्रोहीले बरु आफुहरुले बलिदान गर्ने तर एमसिसीको बिरुद्ध जस्तो सुकै लडाई लडेर भएपनि खारेज गराएरै छाड्ने बताए । उनले एमसिसी बिरुद्ध सम्पुर्ण सचेत नेपाली नागरिकले आवाज उठाउनु पर्ने बताए । कोणसभामा बिद्यार्थी नेता बिनोद मगरले पनि बोलेका कुरा जिल्ला इन्चार्ज सुमनसिंले जानकारी दिएका छन् ।

Advertisement

स्रोत : प्रबोध साप्ताहिक ।