April 21, 2024, Sunday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ढाका उद्यमी यमुना तुम्सा सङ्यक सम्मानित

ढाका उद्यमी यमुना तुम्सा सङ्यक सम्मानित

विजयपुर । ढाका उद्यमी यमुना तुम्सा सङ्यक चौबिसे समाज धरानद्धारा सम्मानित भएकी छन् । नेपाल सरकारको अवकाशप्राप्त उपसचिव तुलसीनारायण अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न एक समारोहमा उनलाई सम्मान गरिएको हो ।

बिगत चार बर्षदेखि धरानमा चौबिसे सङ्यक ढाका उद्योग सन्चालन गर्दै आइरहेकी सङ्यक चौबिसे क्षेत्रका सफल महिला व्यावसायी भएकोले सम्मान गरिएको आयोजक बताउछन् ।

Advertisement

उनको उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरि करिब एकसय जना भन्दा धेरै महिला दिदिबहिनीले रोजगार पाईरहेका छन् । उनले आफ्नो उद्योगको हातेतानबाट उत्पादित मौलिक नेपाली ढाका कपडा नेपाल बाहेक विश्वको करिब डेड दर्जन देशहरुमा समेत नेपाली ग्राहकमाझ निर्यात गर्दै आएकी छन् । व्यावसायसँगै सामाजिक र सांस्कृतिक सेवामा समेत यमुना सक्रिय छन् ।

बोल्ने क्रममा सम्मानले अझ सक्रिय रुपले काम गर्ने हौसला र प्रेरणा मिलेको बताउदै आगामी दिनमा चौबिसे समाजलाई चिनाउनका साथै महिला दिदीबहिनीको लागि प्रेरणादायी काम गर्ने प्रतिबद्दता जनाएकी छन् ।

उक्त कार्यक्रममा उनीसँगै अन्य चौबिस क्षेत्रका उच्च शिक्षा हासिल गरेका व्याक्तित्वहरू समेत सम्मानित भएका थिए ।

प्रमुख अतिथि तुलसीनारायण अधिकारीले सम्मानित सबैजनालाई बधाई तथा शुभकामना दिदै यस्तो कार्यक्रमले अरुलाई समेत हौसला र प्रेरणा मिल्ने बताए ।

यमुना तुम्सा सङ्यक याक्थुङ साक्थिमिबा सयङका संस्थापक सदस्य समेत हुन् ।