April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गोर्खा मिडियाले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

गोर्खा मिडियाले मनायो आफ्नो पहिलो वार्षिकोत्सव

लन्डन । सत्य, तथ्य, ताजा खबर र मिडियामार्फत सामाजिक एवम् मानवीय सेवाको उद्देश्यसहित यूकेबाट सञ्चालित गोर्खा मिडिया डटकम अनलाइनको मंगलबार प्रथम वार्षिकोत्सव मनाइएको छ ।

मंगलबार स्रष्टा सम्मान लगायत विभिन्‍न कार्यक्रम गरी गोर्खा मिडियाको प्रथम वर्षगाँठ भर्चुअल रुपमा मनाइएको हो । गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको कार्यक्रममा गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगर प्रमुख अतिथिको रुपमा सहभागी थिए । यस्तै विशिष्ट अतिथिहरुमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नेपाल (फोनिज) का केन्द्रीय अध्यक्ष डन्ड गुरुङ, अग्रज पत्रकार एवं नेपाल आदिवासी जनजाति पत्रकार महासंघ नेपालका संस्थापक अध्यक्ष खिम घले, अग्रज पत्रकार गजुरधन राई थिए भने अतिथिहरुमा बेलायतमा सक्रिय जातीय तथा अन्य संघ संस्थाहरुका अध्यक्ष तथा प्रतिनिधिहरु थिए ।

Advertisement

वरिष्ठ सञ्‍चारकर्मी तथा गोर्खा मिडियाका सल्लाहकार दीपेन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा सम्पादक हुमबहादुर गुरुङले स्वागत तथा गोर्खा मिडियाबारे जानकारी गराएका थिए । त्यसपछि कार्यक्रममा कलाकार र कर्मचारी सम्मान गर्ने घोषणा गरिएको थियो ।

स्रष्टाहरु गजेन्द्र गुरुङ र नन्दा पुन मगरलाई वार्षिकोत्सव अवसरमा १० हजार नगदसहित पुरस्कृत घोषणा गरेका थिए । त्यस्तै वर्षको उत्कृष्ट कार्यसम्पादन गरेकामा गोर्खा मिडियाका कर्मचारीदलाई टीकाराम तामाङ [समाचार सम्पादन लगायतमा निरन्तर योगदान] र ओम लामा [प्राविधिकतर्फबाट विज्ञापन डिजाइन, भिडियो इडिटिङ लगायतमा योगदान] गरेबापत सम्मान गरिएको थियो ।

कार्यक्रममा विज्ञापनदाता, सल्लाहकार, लेखकहरुलाई कदर पत्र वितरण गरिएको थियो । कदरपत्र पाउनेहरुमा पीपल मोर्गेज, किंग्स गेट, लक्ष्मी ज्वेलर्स, माउस्टेल, एभरेस्ट लिंक, गोर्खा प्रोपर्टी, गोर्खा ट्राभल्स, आइएमइ लन्डन, नेप ब्रिज, बिजीडब्बुएस, सनलिट हेयर एन्ड ब्यूउटी सैलुन, सहारा यूके, पञ्चासे हर्पनडाँटा समाज यूके, तमु धिं यूके, तमु समाज यूके, तमु प्ये ल्हु संघ यूके छन् ।

त्यस्तै, प्रशंसा पत्रबाट सम्मानित हुने सल्लाहकारहरुमा एकेन्द्र गुरुङ, पूर्व प्रधानाध्यापक, मेजर खुशीमान गुरुङ (एमभिओ), चित्रबहादुर गुरुङ, घनबहादुर थापा मगर, सञ्चारकर्मी दीपेन्द्र श्रेष्ठ, अग्रज फोटो पत्रकार सुदर्शन रञ्‍जित र लेखक माया गुरुङ रहेका छन् ।


कार्यक्रममा प्रमुख अतिथि एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, फोनिज अध्यक्ष डन्ड गुरुङ, नेफिन यूकेका अध्यक्ष कर्म पहाडी शेर्पाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रम
गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमुको अध्यक्षतामा भएको थियो ।