April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र

चाडपर्वमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र

काठमाडौ । राष्ट्रिय उपभोक्ता मञ्चले चाडवाडको समयमा चिनीको आपूर्ति व्यवस्था सहज बनाउन प्रधानमन्त्रीलाई पत्र लेख्दै विगत ५ वर्षदेखिको समस्या समाधान गर्न माग गरेको छ ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रधानमन्त्रीलाई पत्रमा भनिएको छ, ‘दैनिक दैनिक उपभोग्य वस्तुको रुपमा रहेको चिनीको आपूर्ति व्यवस्थापन अझै पनि समाधान हुन सकेको छैन । दशैं/तिहार तथा छठ नजिकिँदै गर्दा बजारमा चिनीको मूल्य १०० रुपैयाँभन्दा माथि पुगेको छ ।’ यस्तो अवस्थामा साल्ट ट्रेडिङ कर्पोरेसनसँग ३०० मेट्रिक टन र चिनी उत्पादकसँग साढे ६ हजार मेट्रिक टन चिनी रहेको मञ्चले बताएको छ ।

Advertisement

तर, चाडवाडको समयमा प्रतिमहिना ३० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । यसअघि मञ्चले नै जेठ महिनामा संकलन गरेको तथ्याँकअनुसार निजी क्षेत्रसँग २१ हजार मेट्रिक टन चिनी मौज्दात थियो । यस्तै, भन्सार विभागको तथ्याङ्कअनुसार सो अवधिमा १० हजार ५०० मेट्रिक टन चिनी आयात भएको छ । यसले अर्थ मन्त्रालयका उच्च पदस्थहरुले सरकारलाई नै गुमराहमा राखेर आपूर्ति व्यवस्था असहज पार्ने नियत देखिएको मञ्चले आरोप लगाएको छ ।