April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गायिका रेविना राईको मुस्कान सार्वजनिक

गायिका रेविना राईको मुस्कान सार्वजनिक

काठमाडौँ । गायिका रेविना राईले पहिलो सांगीतिक प्रस्तुतिस्वरूप ‘मुस्कान’ गीत सार्वजनिक गरेकी छिन् । खोटाङकी गायिका राईले आफ्नै अफिसियल युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् ।

कवि मृदुल आङ्वोको शब्द रहेको गीतमा चर्चित संगीतकार पारस मुकारुङले संगीत दिएका छन् । सविन लिम्बुले एरेन्ज गरेको गीतलाई लोकेन्द्र गुरूङ र सञ्जिला लिम्बुले निर्माण गरेका हुन् । जस्केलो क्रियसनले तयार पारेको भिडियोको गीत पृथकमा रेकर्ड गरिएको हो । गीत बिप हपले रेकर्ड गरेका हुन् । साढे तीन लामो गीतमा व्यक्तिको संवेदनालाई उधिन्ने प्रयास गरिएको छ ।

Advertisement