April 24, 2024, Wednesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तेस्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि लन्डनमा सुरु हुँदै

तेस्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि लन्डनमा सुरु हुँदै

लन्डन । तेस्रो ‘नेपाली विश्व स्वास्थ्य सम्मेलन’ आजदेखि बेलायतको लन्डनमा सुरु हुँदै छ । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिको आयोजना र एनसीसी यूकेको सह आयोजनामा सम्मेलन सम्मेलन हुन लागेको हो ।

सम्मेलनको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गरी आयोजक समिति र सह आयोजक समितिले सम्मेलनको तयारी पूरा भएको र सहभागी तथा अतिथिहरु लन्डन आउने क्रम शुरु भएको जानकारी दिएका छन् ।

Advertisement

सम्मेलनको सह आयोजक एनसीसीले यूकेले बिहीबार राति पत्रकार सम्मेलन गरी सम्मेलनको उद्देश्य र सञ्चालनका विधिबारे जानकारी गराएको छ । पत्रकार सम्मेलनमा एनआरएनए स्वास्थ्य समितिका अध्यक्ष डा.सञ्जीव सापकोटाले यो सम्मेलन नेपाल बाहिरको स्वास्थ सम्बन्धी सबैभन्दा ठूलो फोरम भएको बताएका । उनले सम्मेलनमा नेपाल र नेपाल बाहिर बस्ने आम नेपालीहरुको स्वास्थ्यका बारेमा छलफल हुने जानकारी दिए ।

महामारीको बेलामा नेपालीहरुको स्वास्थ्य कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा तीन दिने सम्मेलन केन्द्रित रहने उनले जानकारी दिए । उनका अनुसार सम्मेलनमा ३० भन्दा बढी वैज्ञानिक कार्यपत्र पेश हुने छन् भने ५० वटा भन्दा बढी कार्यशाला सन्चालन गरी समूहगत छलफल हुने छ ।
शुक्रबार शुरु हुने सम्मेलन आइतबार साँझ लण्डन घोषणापत्र जारी गर्दै समापन हुने जनाइएको छ । सम्मेलनले अनुसन्धान र स्वास्थ्य प्रणाली बलियो बनाउने विषयमा सहयोग गर्ने उनले बताए ।
त्यस्तै, सम्मेलनका लागि यूके संयोजक डा. सुनील साहले सम्मेलनमा नेपाल र नेपाल बाहिरका डाक्टर, नर्स, जनस्वास्थ्यविद् र स्वास्थ्यका क्षेत्रमा कार्यरत विज्ञहरुको सहभागिता रहने स्पष्ट पारे । उनले नेपाल सरकार स्वास्थ्य मन्त्रालय, नेपाल मेडिकल काउन्सिल लगायतका संस्थाबाट पनि संस्थागत रुपमै प्रतिनिधित्व हुने जानकारी दिए । उनका अनुसार, सम्मेलनमा बेलायतका पनि स्वास्थ्यकर्मीहरु सहभागी हुने छन् । हामीले यो महामारीबाट के सिक्यौं, अब के गर्नुपर्छ भन्ने विषयमा छलफल गर्छौं, उनले भने ।

त्यस्तै, सम्मेलनका सह आयोजक एनआरएनए एनसीसी यूकेका अध्यक्ष प्रेम गाहा मगरले प्रवासमा रहेका नेपाली र नेपालमै रहेका नेपालीहरुलाई स्वास्थ्य सबल बनाउन कसरी सहयोग गर्न सकिन्छ भन्नेर छलफल गर्नु आफैंमा महत्वपूर्ण रहेको बताए ।
उनले स्थानीय आयोजकका रुपमा एनसीसी यूकेले आवश्यक तयारी पूरा गरेको जानकारी दिँदै विश्वभरका विज्ञ अतिथिहरुलाई बेलायतमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए ।
सम्मेलनपछि एनसीसी यूकेले च्यारिटी डिनर तथा शुभकामना साँझ कार्यक्रमको आयोजना गरेको बताउँदै उनले त्यसमा योगदान गर्ने सबैलाई धन्यवाद दिए ।

आयोजक समिति सदस्य प्रसुना कँडेलले सम्मेलनमा नेपालमा नर्सहरुको अवस्था र चुनौतिका बारेमा पनि हुने जानकारी दिँदै सम्मेलनका दौरान स्वास्थ्य शिविर पनि सञ्चालन हुने जानकारी दिइन् । एनसीसी यूकेका उपाध्यक्ष गोविन्द खरेलले सम्मेलन भौतिक उपस्थिति र भर्चुअल दुवै माध्यमबाट सञ्चालन हुने जानकारी दिएका थिए ।