April 25, 2024, Thursday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
डा. चित्र माबोको अध्यक्षतामा माओवादी केन्द्र सङ्गठन

डा. चित्र माबोको अध्यक्षतामा माओवादी केन्द्र सङ्गठन

ताप्लेजुङ । माओवादी केन्द्रले देशैभरी सङ्गठन निर्माणलाई तिब्रता दिने क्रममा ताप्लेजुङ्ग जिल्लाको सिरिजङ्गा गाउपालिका र निर्वाचन समन्वय कमिटीलाई पुर्णता दिएको छ ।

हालै मात्र बसेको केन्द्रको ताप्लेजुङ्ग जिल्ला समन्वय समितिको बैठकबाट क. चित्र माबोको नेतृत्वमा सिरिजङ्गा गाउपालिकाको पार्टी संगठन समिति चयन भएको छ । डा.मावोको अध्यक्षतामा चयन भएको उक्त समिति माओवादी केन्द्रको सिरिजङ्गा गाउपालिकाको कमिटी कार्यकारी इकाई हो ।

Advertisement

डा.माबोसँगै ईन्चार्ज मदन दाहाल सह इन्चार्ज राजकुमार लिम्बू र सचिवमा ज्ञानु ताम्लिङ चयन भएका हुन् ।

डा. माबो लिम्बू समुदायमा सानो उमेरमा विधावारिधि गर्ने मध्येका एक व्यक्ति हुन् । मावोसँग विभिन्न सङ्घसंस्था, पत्रपत्रीकामा काम गरेको धरै अनुभवहरू छन् ।