April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
इङ्वारमको अध्यक्षतामा याक्थुङ उद्यमी समाज गठन

इङ्वारमको अध्यक्षतामा याक्थुङ उद्यमी समाज गठन

विजयपुर । याक्थुङ लिम्बु समुदायका उद्यमी एवम् व्यवसायीहरूलाई संगठित गर्ने हिसाबाले पहिलोपटक याक्थुङ उद्यमी समाज गठन भएको छ । सहकारी संस्थाका अभियन्ता विपीन इङ्वारमको अध्यक्षतामा समाज गठन भएको हो ।

बिहीबार भदौ ३१ गते समाज जिल्ला प्रशासन कार्यालय सुनसरीमा आधिकारिक रूपमा दर्ता भएको अध्यक्ष इङ्वारमले जानकारी दिए । ‘उद्योग तथा व्यापार व्यवसायमा संलग्न उद्यमी, व्यवसायीहरुको हकहित, प्रगति, एकता, संरक्षण, सम्बद्र्धन, प्रबद्र्धन एवं विकासको लागि काम गर्दै उनीहरुलाई व्यवसायिक, सिर्जशील एवं उद्यमशील बनाउन याक्थुङ उद्यमी समाज गठन गरेका हौँ,’ उनले भने, ‘याक्थुङ लिम्बु समुदायका युवाहरुसंगै श्रम, सीप, ज्ञान र पूँजीसमेत विदेश पलायन भइरहेको र विदेशबाट फर्किएका युवाहरुसमेत बेरोजगार भइरहेकोले आवश्यक अध्ययन अनुसन्धानसहित आधुनिक, वैज्ञानिक, प्राविधिक एवं व्यवसायिक शिक्षा र तालिमको माध्यमद्वारा जनचेतना र एकताको भावना अभिवृद्धि गर्दै उपयुक्त व्यवसायिक वातावरण निर्माण गरी स्वदेशमा नै उद्योग तथा व्यापार व्यवसाय गरी आर्थिक समृद्धि प्राप्तिका लागि अभिप्रेरित गर्ने छौँ । उनले समाज एक गैर राजनीतिक, गैर नाफामुलक, गैर सरकारी र गैर धार्मिक एक सामाजिक संस्थाका रुपमा रहेको सिलौटी टाइम्सलाई बताए ।

Advertisement

याक्थुङ उद्यमी समाज दर्ता भएपछि जिप्रका सुनसरीबाट प्राप्त प्रमाणपत्र ।

विगत दुई दशक बढी समयदेखि सहकारी संस्था र होटल व्यवसायमा रहेका इङ्वारमले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण याक्थुङ उद्यमी व्यवसायीहरुलाई संगठनमा आबद्ध हुन समेत आह्वान गरेका छन् । १९ सदस्यीय केन्द्रीय समिति रहेको समाजको वरिष्ठ उपाध्यक्षमा देवकुमार सुब्बा छन् । त्यस्तै, उपाध्यक्षहरूमा नविन सुब्बा, भारती सुब्बा, डम्बर कुमार तुम्बापो, डा. योगेन्द्र कुमार पालुङ्वा रहेका छन् । सचिवमा शिव सुब्बा इस्वो, सहसचिवहरूमा शान्तिराम जवेगू(सुमन), जीवनप्रकाश शेर्मा, मोहनविक्रम तिगेला, निर्मला इङ्वारम छन् । त्यसैगरी, कोषाध्यक्षमा कविता लिम्बु र सहकोषाध्यक्षमा कल्पना लिम्बु रहेका छन् । बाँकी सदस्यहरूमा भद्रकमारी लिम्बु, हेमचन्द्र लिम्बु, दिलकुमारी राई लिम्बु, ज्योती लिम्बु(मेन्याङ्वो), राजीव सुब्बा र पूर्णचन्द्र्र लिम्बु रहेका छन् ।